कर्णालीमा ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त

सुर्खेत, माघ २६ ।  कर्णाली प्रदेशभर ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन् । शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न माग गरेका छन् । एकाइ प्रमुखहरूका अनुसार धेरैजसो प्राथमिक तहका शिक्षक अपुग […]

सम्बन्धित सामग्री

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

काठमाडौं, १७ फागुन । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको […]

शिक्षकको परीक्षामा सुदूरपश्चिममा ७५ प्रतिशत मधेशी कोटा खाली

३ माघ, डोटी । शिक्षक सेवा आयोगले २०७८ पुस १४ गते प्राथमिक तहमा दार्चुला जिल्लामा मधेशी कोटामा १३ शिक्षक माग गरेको थियो । २०७९ असार १३ गते लिइएको दोस्रो चरणको लिखित परीक्षामा यो कोटामा आवेदन दिएका एक जना पनि उत्तीर्ण हुन सकेनन् । हाललाई ती १३ वटै शिक्षक दरबन्दी रिक्त हुने देखिएको छ । आयोगले […]

शिक्षक पदपूर्तिको उत्साह (सम्पादकीय)

कुनै पनि राष्ट्रको भविष्य त्यहाँको शिक्षासँग जोडिएको हुन्छ । गुणस्तरीय र व्यावहारिक शिक्षाले कर्मशील नागरिक निर्माण गर्नुका साथै नागरिकको चरित्र निर्माणसमेत गर्छ । तर नेपालको शिक्षा क्षेत्र लामो समयदेखि चाहे जसरी प्रभावकारी र गुणस्तरीय हुन सकेको छैन । शिक्षा प्रभावकारी बनाउनका लागि शैक्षिक संस्थाका आधारभूत पक्षमा ध्यान पु¥याउनुपर्ने हुन्छ । शिक्षाको आधारस्तम्भ मानिएको विद्यालय शिक्षामा नै राज्यको ध्यान जान सकेको छैन । झण्डै पाँच वर्षदेखि सरकारी विद्यालयमा स्थायी शिक्षकका लागि विज्ञापन खुल्न सकेको थिएन । वि.सं. २०७४ पछि स्थायी शिक्षकको पदपूर्ति नहुँदा देशभरका विद्यालयले शिक्षक अभावको समस्या भोगिरहेका छन् । यो अवस्थामा शिक्षक सेवा आयोगले शिक्षकको स्थायी पदपूर्तिका लागि चाँडै विज्ञापन खुलाउने जानकारी प्रकाशमा आएपछि शैक्षिक क्षेत्रमा नयाँ उत्साह छाएको छ । शिक्षक सेवा आयोगका अनुसार देशभरका सामुदायिक (सरकारी) विद्यालयहरूमा १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया चाँडै थालिने छ । त्यसका लागि देशभरका विद्यालयमा रिक्त रहेका शिक्षक दरबन्दी सङ्ख्या सङ्कलन भइरहेको छ । दरबन्दीको सङ्ख्या यकिन भएपछि आयोगले विज्ञापन गर्नेछ र त्यो सङ्ख्या १७ हजारभन्दा कम नहुने आकलन गरिएको छ । सातै प्रदेशबाट सङ्कलन भएको रिक्त शिक्षकको दरबन्दी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई प्राप्त हुनेछ । केन्द्रले दरबन्दी यकिन गरेपछि आयोगलाई पदपूर्तिका लागि विज्ञापन गर्न सहज हुनेछ । प्राप्त प्रारम्भिक अनुमानअनुसार प्राथमिक तहमा मात्र अहिले १२ हजारभन्दा बढी दरबन्दी रिक्त रहेका छन् । यसैगरी, निम्न माध्यमिक तहमा तीन हजार र माध्यमिक तहमा दुई हजार शिक्षकको पदपूर्ति गर्नुपर्ने हुँदा कुलमा १७ हजार भनिएको हो । यो पटकको शिक्षक पदपूर्ति भने पुरानै संरचनाअनुसार हुने भएको छ । विद्यालय तहलाई आधारभूत र माध्यमिक तह भनेर परिभाषित गरिए पनि शिक्षकको नयाँ पदपूर्ति भने पुरानै संरचना प्रावि, निमावि र माविअनुसार नै हुनेछ । प्रावि तहको

तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न नैनसिंह महरको माग

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न आग्रह गरेका छन् ।  नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले शिक्षा मन्त्रालयको समन्वयमा शिक्षा सेवा आयोगले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्नुपर्ने बताएका हुन् । शिक्षककाे दरबन्दी रिक्त हुँदा विषय शिक्षकबाट शिक्षा पाउने विद्यार्थीको हक कुण्ठित भएको उनको भनाइ छ । उनले भने, ‘शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षक दरबन्दी रिक्त भएको

सामुदायिक विद्यालयमा १७ हजार शिक्षक दरबन्दी रिक्त

देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षकको दरबन्दी रिक्त छ ।

१६ महिनादेखि शिक्षक दरबन्दी रिक्त, बल्ल थालियो नियुक्ति प्रकृया

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविको रिक्त राहत दरबन्दीमा १६ महिनापछि शिक्षक नियुक्तिको प्रकृया थालिएको छ। लामो समयदेखि रिक्त रहेको प्रावि तहको दुई वटा र निमावि तहको एक वटा राहत दरबन्दीमा शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालनको तयारी गरिएको अन्नपूर्ण माविका प्रअ रेखादेबी बस्नेत राउतले बताइन्।