काठमाडौं, २ चैत्र । आम जनता पार्टीले यही चैत्र २४ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आज (शुक्रबार) पार्टी मुख्यालय, कोटेश्वरमा बसेको पदाधिकारी बैठकले यही चैत्र २४ गते देशमा बढ्दो लुट र भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गर्ने निर्णय लिएको अध्यक्ष प्रभु साहले जानकारी दिए । आजपाले सुशासन कायम गराउनको लागि देशव्यापी रुपमा प्रदर्शन गर्दै आएको […]