एमसिसी र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।मोर्चाको बागमती प्रदेश समितिले एमसिसी खारेजको माग गर्दै गरेको छ। यस्तै‚ तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा दार्चुलाका ३३ वर्षीय जयसिंह धामी नदीमा बेपत्ता भएका थिए। मोर्चाले यस घटनाको विरोधमा प्रदर्शन गरेको हो। 

सम्बन्धित सामग्री

एमसिसीविरुद्ध राप्रपाको प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोध प्रदर्शन गरेको छ। राप्रपाका भ्रातृ संगठनहरूले एमसिसीको विवादास्पद र राष्ट्रहित विपरीतका प्रावधान खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन्। राप्रपाको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। प्रशासनिक दमन निन्दनीय रहेको उल्लेख गर्दै उनले त्यसको भत्सर्ना गरेका छन्। एमसिसी संसद्‌मा पेश नगर्न