सिके राउतको पार्टीको काठमाडौंमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए । बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् । प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी