एनएलजी इन्स्योरेन्सद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

मंसिर १२, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत साउन २१ गते सम्पन्न १५औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले साउन १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । साथै, साउन १३ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित सामग्री

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ७८१  दशमलव ९९ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८२५ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात् बिहीवार दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।

६ बीमा कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बीमा कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत जीवन र निर्जीवन बीमा गरी कुल २४ कम्पनीमध्ये हालसम्म ६ बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । बैंक, वित्तीय कम्पनीहरूको तुलनामा बीमा कम्पनीहरूले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । लाभांश घोषणा गरेका ६ कम्पनीहरूमध्ये २ जीवन बीमा र अरू निर्जीवन बीमा कम्पनी रहेका छन् ।  जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन (एक्चुरीयल भ्यालुएशन) को कार्य ढिला हुने भएकाले बोनसदर, लाभांश घोषणा र साधारणसभा प्रक्रिया १ वर्ष ढिलो हुने गर्छ । लाभांश घोषणा गर्नेमा रिलायबल नेपाल लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले साधारणसभाबाट लाभांश पारित गरिसकेको छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांशदर बढेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश दिएको थियो भने गत आवको मुनाफाबाट यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि गतवर्षको तुलनामा यस वर्ष लाभांशदर बढाएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कुल २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवको मुनाफाबाट ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २५ गते साधारणसभा बोलाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश भने गतवर्षको तुलनामा यस वर्ष घटेको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिएकोमा गत आवको मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आवको लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन ३ गते साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले भने पहिलोपटक लाभांश वितरण गर्न लागेका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २९ मा साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ १४ गते साधारणसभा बोलाएको छ ।  युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरू गरेका छन् । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएको छ । गत आवमा आर्थिक मन्दीका कारण कम्पनीहरूको नाफा प्रभावित भएको छ ।

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनीको  शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीकोे १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य रू.५९१ दशमलव ८२ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.६५१ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर सोमवार  देखि  दोस्रो बजारमा यस कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

६ निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, सबैभन्दा बढी नेको इन्स्योरेन्सको

माघ २४, काठमाडौं । हालसम्म ६ ओटा निर्जीवन बीमा कम्पनीले आव २०७७/७८ को  मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  लाभांश घोषणा गरेका ६ ओटा कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्सले लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो ।  बाँकी ५ ओटा कम्पनीले भने साधारण सभा बोलाएका छैनन् । यी ६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश, एनएलजी इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  यी पाँच ओटा कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको छ ।  समितिका अनुसार बिमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बिमकलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुन्जेलसम्मको लागि नगद लाभांश वितरणमा रोक लागाएको हो ।  सोही व्यवस्थाअनुसार कम्पनीहरुले लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गर्न थालेका छन् ।

अपि पावर र एनएलजी इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

कात्तिक २९, काठमाडौं । अपि पावर लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सोमवार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । अपि पावरले १० दशमलव ५० प्रतिशत बोनस शेयर बापतको २६ लाख २१ हजार ५९४ कित्ता र एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर बापतको १० लाख ९६ हजार ३७५ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो । सूचीकृत उक्त शेयर मंगलवारदेखि कारोबार योग्य भएपनि सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

नेप्सेमा ३७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज २ कम्पनीको गरि कुल ३७ लाख १७ हजार ९ सय ६९ दशमलव ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । अपि पावर कम्पनी Api Power Company  र एनएलजी इन्स्योरेन्स NLG Insurance Company  को बोनस शेयर सुचिकृत भएको हो । अपि पावरको १०.५० प्रतिशतले हुन आउने २६ लाख २१ हजार ५ सय ९४ कित्ता र एनएलजी इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने १० लाख ९६ हजार ३ सय ७५ दशमलव ५० कित्ता शेयर सुचुक्रित भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याटमा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

भदौ २२, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ३२६ दशमलव ६० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।  कम्पनीको संस्थापक शेयरधनी करुणा राणाले विक्री गर्न चाहेको आर्थिक वर्ष ०७६/७७ को सूचीकृत हुन बाँकी १२० दशमलव ६० कित्ता बोनस शेयर सहित उक्त कित्ता शेयर विक्रीका लागि कम्पनीले मंगलवार ३५ दिने सूचना जारी गरेको हो ।  यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६२५ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी निवेदन दिनु पर्नेछ ।  आवेदन कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंमा बुझाउनु पर्नेछ । ३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको लागि आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

भदौ ४, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको ५७९ दशमलव ७० कित्ता शेयर र नेप्सेमा सूचीकृत हुन बाँकी आव २०७६/ ७७ को ५२ दशमलव ७० कित्ता बोनस शेयर विक्री गर्न लागेको हो । शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. ५९३ दशमलव ५५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिनुपर्नेछ । कम्पनीले इच्छुक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आरबिबि मर्चेण्टमा निवेदन दिन भनेकोे छ । उक्त समयअवधिमा संस्थापक शेयरधनीको आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।