एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ७८१  दशमलव ९९ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८२५ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात् बिहीवार दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।

सम्बन्धित सामग्री

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनीको  शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीकोे १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य रू.५९१ दशमलव ८२ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.६५१ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर सोमवार  देखि  दोस्रो बजारमा यस कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्स NLG Insurance Company को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७९९.०९ रुपैयाँ कायम भएको छ ।  समायोजन अगाडी कम्पनीको शेयर मूल्य प्रति कित्ता ८७९ रुपैयाँ थियो ।  कम्पनीले  साधारणसभा प्रयोजनको लागि आज चैत्र ६ गते बुक क्लोज गर्ने निर्णयले आज मूल्य समायोजन भएको हो ।  चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा कम्पनीको लाभांश पाउन सक्ने छन्  । कम्पनीले चैत्र १७ गते बिहिबार काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा आर्थिक वर्ष ७७/७८ साधारणसभा गर्न लागेको छ । सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३  प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ  । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :  सामान्य प्रस्ताव :(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्ने सम्बन्धमा ।(२) लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा-नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने सम्बन्धमा ।(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ को मुनाफाबाट प्रस्तावित बोनस शेयरमा लाग्ने कर रकमको समायोजनका लागि रु.६३,४७,४३७/-०.५२६३ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने ।(५) विविध ।विषेश प्रस्ताव :(१) सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७७/०७८ को मुनाफावाट चुक्तापुँजी रु. १,२०,६०,१३,०५०/- (अक्षरेपी एक अर्व बीस करोड साठी लाख तेह्र हजार पचास रुपैया) को १० (दस) प्रतिशतको दरले रु. १२,०६,०१,३०५ /(बाह करोड छ लाख एक हजार तिन सय पाँच मात्र) बराबर वोनस शेयर वितरण गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने।(२) यस सभामा प्रस्तावित बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भई रु. १,३२,६६,१४,३५५/ (एक अर्ब बत्तीस करोड छैसाठी लाख चौध हजार तीन सय पचपन्न रुपैयाँ) पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुंजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा । (३) प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरवदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने ।(४) विविध ।(ग) सर्वसाधारण लगानीकर्ता (शेयरधनीहरूको समुह 'ख') बाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकहरूको निर्वाचन गर्ने सम्बन्धमा । निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको केन्द्रिय कार्यालय, पानीपोखरी (लाजिम्पाट) सूचनापाटीमा प्रकाशित गरेबमोजिम हुनेछ ।

नेप्सेले गर्‍यो एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

चैत २, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।  नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. ७९९ दशमलव शून्य ९ तोकेको छ । कम्पनीले बुधवार कायम अन्तिम शेयरमूल्य रू. ८७९ को आधारमा शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत १७ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली, ब्याङक्वेट, थिरबम सडक बालुवाटारमा हुने कम्मपनीले जानकारी दिएको हो ।