एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

भदौ २२, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ३२६ दशमलव ६० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।  कम्पनीको संस्थापक शेयरधनी करुणा राणाले विक्री गर्न चाहेको आर्थिक वर्ष ०७६/७७ को सूचीकृत हुन बाँकी १२० दशमलव ६० कित्ता बोनस शेयर सहित उक्त कित्ता शेयर विक्रीका लागि कम्पनीले मंगलवार ३५ दिने सूचना जारी गरेको हो ।  यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६२५ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी निवेदन दिनु पर्नेछ ।  आवेदन कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंमा बुझाउनु पर्नेछ । ३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको लागि आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सम्बन्धित सामग्री

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि चैत्र ४ गते बुक क्लोज गर्ने निर्णय गरेको गरिमा विकास बैंक र चैत्र ६ गते बुक क्लोज गर्ने निर्णय गरेको एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते अन्तिम दिन हो । आज चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । एनएलजी इन्स्योरेन्स NLG Insurance Company ले चैत्र १७ गते बिहिबार काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा आर्थिक वर्ष ७७/७८ साधारणसभा गर्न लागेको हो । सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३  प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा कम्पनीको लाभांश पाउन सक्ने छन्  । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :  सामान्य प्रस्ताव :(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्ने सम्बन्धमा ।(२) लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा-नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने सम्बन्धमा ।(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ को मुनाफाबाट प्रस्तावित बोनस शेयरमा लाग्ने कर रकमको समायोजनका लागि रु.६३,४७,४३७/-०.५२६३ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने ।(५) विविध ।विषेश प्रस्ताव :(१) सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७७/०७८ को मुनाफावाट चुक्तापुँजी रु. १,२०,६०,१३,०५०/- (अक्षरेपी एक अर्व बीस करोड साठी लाख तेह्र हजार पचास रुपैया) को १० (दस) प्रतिशतको दरले रु. १२,०६,०१,३०५ /(बाह करोड छ लाख एक हजार तिन सय पाँच मात्र) बराबर वोनस शेयर वितरण गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने।(२) यस सभामा प्रस्तावित बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भई रु. १,३२,६६,१४,३५५/ (एक अर्ब बत्तीस करोड छैसाठी लाख चौध हजार तीन सय पचपन्न रुपैयाँ) पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुंजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा । (३) प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरवदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने ।(४) विविध ।(ग) सर्वसाधारण लगानीकर्ता (शेयरधनीहरूको समुह 'ख') बाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकहरूको निर्वाचन गर्ने सम्बन्धमा । निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको केन्द्रिय कार्यालय, पानीपोखरी (लाजिम्पाट) सूचनापाटीमा प्रकाशित गरेबमोजिम हुनेछ ।त्यस्तै गरिमा विकास बैंकले चैत्र १८ गते शुक्रबार पोखराको बिरौटा स्थित होटेल ग्राण्ड पोखरामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकएल आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  १६ प्रतिशतले हुन आउने त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ। गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने छ । त्यस्तै बैंकले सहारालाई गाभेपछि संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशत कायम राख्नको लागि  १ लाख ९ हजार ८ सय ११ कित्ता थप संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव सभामा लैजाने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव ; सामान्य प्रस्तावहरु(१) अध्यक्षज्यू को मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।(२) लेखापरीक्षकको प्रतिवेदन सहितको गरिमा विकास बैंक लिमिटेड तथा साविक सहारा विकास बैंक लिमिटेडको २०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गर्ने ।(३) लेखापरीक्षण समितिको सिफारिश बमोजिम गरिमा विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न तथा साविक सहारा विकास बैंक लिमिटेडको मिति २०७८/०७/२७ गते सम्मको वित्तीय विवरण प्रमाणित गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।विशेष प्रस्तावहरु(१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात हाल कायम चुक्ता पुँजी रु.३,९४,८१,८३,१०५।०८ (अक्षरेपी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैयाँ र पैसा आठ मात्र) को १६ प्रतिशतले हुन आउने रकम रु.६३,१७,०९,२९६।८१ (अक्षरेपी त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे रुपैयाँ र पैसा एकासी मात्र) बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । साथै, बोनस शेयर जारी गर्दा दशमलव पछिको शेयर (Fraction Share) अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने । (गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकीकृत कारोबार गरिएको सन्दर्भमा प्रस्तावित लाभांशमा तिर्नु पर्ने कर मिति २०७८ कार्तिक २८ गते कायम शेयरधनीहरुको हकमा छुट पाउने भएकाले सो मिति भन्दा पछाडी दोस्रो बजारबाट शेयर खरिद बिक्री भई कायम शेयरधनीहरुले प्रस्तावित लाभांश बापत नियमानुसार तिर्नु बुझाउनु पर्ने लाभांश कर नगदै भुक्तान गर्नु पर्नेछ ।)(२) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा रहेको व्यवस्था बमोजिम विकास बैंकको चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक समूहका शेयरधनीहरुको हुनुपर्नेमा गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई शेयर अभिलेखन हुँदा संस्थापक शेयरधनीहरुको स्वामित्व ५१ प्रतिशत कायम नहुने अवस्था सिर्जना भएकोले नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृति प्राप्त गरी विकास बैंकले प्रस्ताव गरेको बोनश शेयर वितरण पश्चात कायम हुने कूल चुक्ता पुँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १०९,८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने ।(३) विशेष प्रस्ताव नं. (१) र (२) पारित भए बमोजिम हुने गरी विकास बैंकको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।(४) गरिमा विकास बैंक लिमिटेड र अन्य ईजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा गरिमा विकास बैंक लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्था(हरु) प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था(हरु) खोजी गर्न, उपयुक्त लागेको बैंक तथा वित्तीय संस्था संग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमतिपत्र (Memorandum of Understanding) तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न र निजबाट बैंकको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गराउने, तथा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने, गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धी कार्यको लागि प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रकृया अवलम्बन गरी एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।(५) विकास बैंकको प्रवन्धपत्रमा भएका संशोधनको स्वीकृति लिने क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट फेरबदल, परिमार्जन, थपघट तथा संशोधन गर्नको लागि निर्देशन प्राप्त भएमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

भदौ ४, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको ५७९ दशमलव ७० कित्ता शेयर र नेप्सेमा सूचीकृत हुन बाँकी आव २०७६/ ७७ को ५२ दशमलव ७० कित्ता बोनस शेयर विक्री गर्न लागेको हो । शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. ५९३ दशमलव ५५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिनुपर्नेछ । कम्पनीले इच्छुक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आरबिबि मर्चेण्टमा निवेदन दिन भनेकोे छ । उक्त समयअवधिमा संस्थापक शेयरधनीको आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।