६ निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, सबैभन्दा बढी नेको इन्स्योरेन्सको

माघ २४, काठमाडौं । हालसम्म ६ ओटा निर्जीवन बीमा कम्पनीले आव २०७७/७८ को  मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  लाभांश घोषणा गरेका ६ ओटा कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्सले लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो ।  बाँकी ५ ओटा कम्पनीले भने साधारण सभा बोलाएका छैनन् । यी ६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश, एनएलजी इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  यी पाँच ओटा कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको छ ।  समितिका अनुसार बिमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बिमकलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुन्जेलसम्मको लागि नगद लाभांश वितरणमा रोक लागाएको हो ।  सोही व्यवस्थाअनुसार कम्पनीहरुले लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गर्न थालेका छन् । 

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनी : कुनले कति दिँदैछन् लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म पाँच ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिने भएका छन् । नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन लागेका हुन्, जसमध्ये नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् ।  कुनले कति दिँदैछन् ? नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ५२६३ प्रतिशत नगद लाभांश, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (करसहित), युनाइटेड अजोड इन्स्योरेन्सले १० दशमलव २६१२ प्रतिशत र कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश र एनएलजी इन्स्योरेन्सले ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।   सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रस्तावित लाभांश पारितका लागि फागुन ३० गते साधारण सभा बोलाएको छ । गत आवको मुनाफाबाट यस कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  निर्जीवन बीमा कम्पनीमध्ये चार ओटाले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्, जसमा नेको इन्सुरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्स छन् ।   प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म लाभांश वितरणसम्बन्धी निर्णय गरेका छैनन् ।

निर्जीवन बीमा कम्पनी कुनले कति कमाए ?

काठमाडौं– निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क […]

सेयर बजार ७९ अंकले घट्दा एउटा कम्पनीमा भने सकारात्मक सर्किट

निर्जीवन बीमा कम्पनी समूह ५ सय ४५ अंक, जीवन बीमा ४ सय २५, विकास बैंक २ सय ११, माइक्रोफाइनान्स १ सय ८७ अंकले ओरालो लागेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको नाफा घट्यो

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा घटेको छ । विशेषगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल नाफा घटेको हो ।उनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल नाफा २ दशमलव १५ प्रतिशतले घटेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा भारतीय स्वामित्वका नेशनल र दि ओरियन्टल इन्स्योरेन्सले अभैm पनि यस्तो विवरण सार्वजनिक गरेका छैनन् । साथै, उनीहरू नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत

११ प्रतिशतले बढ्यो निर्जीवन बीमा

काठमाडौं, भदौ २३ । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब ३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका […]

निर्जीवन बीमा ११ प्रतिशतले बढ्यो

नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू. ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो ।हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनमा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४१ हजार ८३७ ओटा बीमालेख जारी गरेका छन् ।समीक्षा अवधिमा निर्जीव

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा चार सय ६२ करोड

काठमाडौं, भदौ ८। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा चार अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् । बीमा कम्पनीहरूले हालै […]