भदौ ४, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको ५७९ दशमलव ७० कित्ता शेयर र नेप्सेमा सूचीकृत हुन बाँकी आव २०७६/ ७७ को ५२ दशमलव ७० कित्ता बोनस शेयर विक्री गर्न लागेको हो ।
शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. ५९३ दशमलव ५५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिनुपर्नेछ । कम्पनीले इच्छुक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आरबिबि मर्चेण्टमा निवेदन दिन भनेकोे छ ।
उक्त समयअवधिमा संस्थापक शेयरधनीको आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।