यी हुन् १ करोड ३८ लाखभन्दा बढी रकम खर्च गर्ने सचिव र मन्त्री

गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

सम्बन्धित सामग्री

एशियन लाईफद्वारा रू. १ करोड २ लाख दाबी भुक्तानी

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबीबापत रू. १ करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ । कम्पनीले बीमित हजरा खातुनका पति नाथु देवानलाई कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठले मृत्यु दाबीबापतको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, डेपुटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, कलैया शाखा प्रबन्धक सोनालाल सहनी र अभिकर्ता नाजिर अन्सारीलगायतको उपस्थिति थियो ।

कम्पनीमा कम्पनी सचिव किन राखिन्छ ?

कम्पनी ऐन नुसार कम्पनी संस्थापना भएपछि कम्पनीका शेयरधनीभन्दा छुट्टै कानूनी अस्तित्व कायम हुन्छ । कम्पनी सञ्चालन गर्न कम्पनीको आफ्नै मन, मस्तिक हुँदैन । कम्पनी कारोबार वा व्यवसाय सञ्चालन गर्न कम्पनीका सञ्चालक, कम्पनी सचिव, शेयरधनी तथा कम्पनीका कर्मचारी वा पदाधिकारीहरूको मन, मस्तिकद्वारा गरिन्छ । कम्पनीको कामकारबाहीका सम्बन्धमा कम्पनीका शेयरधनी, सञ्चालक तथा व्यवस्थापनबीच समन्वय राखी कम्पनीलाई राम्रोसँग सञ्चालन गर्न कम्पनी सचिवको महŒवपूर्ण भूमिका हुन्छ । कम्पनीलाई कर्पोरेट सुशासनअन्तर्गत व्यावसायिक तवरबाट सञ्चालन गर्न कम्पनी सचिवको ठूलो भूमिका रहेको हुन्छ । बेलायत र भारतमा कम्पनी सञ्चालनमा कम्पनी सचिवको ज्यादै महŒवपूर्ण भूमिका रहेको पाइन्छ र उनीहरूलाई कम्पनीको कामकारबाहीमा सञ्चालकसरह जवाफदेहीसमेत बनाइएको छ । कम्पनी सञ्चालनमा प्रबन्ध सञ्चालक वा साधारणसभा वा कार्यकारी प्रमुखजस्तै कम्पनी सचिवको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । कहिलेकाही सञ्चालक समिति र व्यवस्थापनबीच द्वन्द्व हुन सक्छ, त्यस्तो अवस्थामा कम्पनी सचिवले यी निकायबीच मध्यस्थ कायम राखी कम्पनीलाई अगाडि बढाउनुपर्छ । कम्पनीका प्रत्येक सञ्चालक, कम्पनी सचिव तथा पदाधिकारीले आफ्नो पदीय दायित्व निर्वाह गर्दा कम्पनीको स्वार्थ र हितलाई ध्यानमा राखी इमानदारीपूर्वक असल नियतले काम गर्नुपर्छ र सामान्य विवेक र ज्ञान भएको व्यक्तिसरह हिफाजती, सावधानी, बुद्धिमत्ता, कुशलता तथा दक्षताको प्रयोग गर्नुपर्छ । सञ्चालक तथा पदाधिकारीले आप्mनोे पदीय दायित्व निर्वाह गर्दा बदनियत चिताई कम्पनीलाई हानिनोक्सानी पुग्ने किसिमबाट कामकारबाही गर्ने सञ्चालक वा कम्पनी सचिवबाट कम्पनीलाई हुन गएको हानिनोक्सानीको क्षतिपूर्ति कम्पनीले असुलउपर गरी लिन सक्छ । सञ्चालक समिति तथा साधारणसभाका निर्णयहरूलाई व्यवस्थित तवरबाट राखी कार्यान्वयन गराउने जिम्मेवारीसमेत कम्पनी सचिवको हुन्छ । नेपालको सन्दर्भमा कम्पनी ऐन, २०२१ को चौथो संशोधन २०४६/७/११ बाट कम्पनी सचिवसम्बन्धी व्यवस्थालाई स्थापित गरियो । कम्पनी ऐन, २०२१ को दफा ६९ (ख) ले ५० लाख रुपैयाँभन्दा बढी शेयर पूँजी भएका पब्लिक कम्पनीले कम्पनी ऐन, २०२१ को प्रारम्भ भएको मिति २०४६/७/११ ले १ वर्षभित्र वाणिज्य वा कानून विषयमा घटीमा स्नातक उपाधि प्राप्त गरेका व्यक्तिलाई कम्पनी सचिव पदमा नियुक्त गर्नुपर्छ भनी पहिलोपटक उल्लेख गरिएकोे पाइन्छ । कम्पनी ऐन, २०५३ को दफा १४२ मा १ करोड रुपैयाँ वा त्यसभन्दा बढी जारी पूँजी भएको पब्लिक कम्पनीले कानून व्यवस्थापन वा वाणिज्य विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरी ५ वर्षसम्म व्यावसायिक कार्य गरेको नेपाली नागरिकलाई कम्पनी सचिव पदमा नियुक्त गर्नुपर्छ भनी उल्लेख गरिएको छ । कम्पनी ऐन २०२१ भन्दा कम्पनी ऐन २०५३ ले योग्यताका सम्बन्धमा केही बढी व्यवस्था गरी कम्पनी सचिवको काम, कर्तव्य र अधिकारका बारेमा कम्पनी उल्लेख गरिएको पाइन्छ । कम्पनी ऐन, २०६३ अनुसार १ करोड रुपैयाँ वा सो भन्दा बढी चुक्ता पूँजी भएको कम्पनीले कम्पनी सचिवको नियुक्ति गर्नुपर्छ । कम्पनी ऐन २०६३ को दफा १८५ ले कम्पनी सचिव नियुक्त गर्दा निम्नानुसारको योग्यता पुगेको हुनुपर्छ भनी तोकेको छ । कम्पनी सचिवसम्बन्धी व्यावसायिक प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त स्वदेशी वा विदेशी निकायबाट कम्पनी सचिवको व्यावसायिक प्रमाणपत्र प्राप्त गरी कम्तीमा २ वर्षसम्म सम्बद्ध क्षेत्रमा काम गरेको वा, कानून, व्यवस्थापन, वाणिज्य वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरी कम्तीमा ३ वर्षसम्म सम्बद्ध क्षेत्रमा वा कम्पनी व्यवस्थापन क्षेत्रमा काम गरेको र नेपाली नागरिकलाई कम्पनी सचिव पदमा नियुक्त गर्नुपर्छ । कम्पनी सचिवसम्बन्धी व्यावसायिक प्रमाणपत्र जारी गर्ने संस्था हालसम्म नेपालमा संस्थापना भइसकेको छैन । कम्पनी ऐन, २०६३ ले निर्धारित गरेको उल्लिखित योग्यताको कम्पनी सचिव नियुक्त गर्न नेपालको परिप्रेक्ष्यमा केही कठिनाइ हुन सक्छ । व्यावसायिक प्रमाणपत्र नलिएका तर कानून, व्यवस्थापन, वाणिज्य वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातकोपाधि प्राप्त गरी ३ वर्षसम्म सम्बद्ध क्षेत्रमा काम गरेका व्यक्तिलाई कम्पनी सचिवको पदमा नियुक्त गर्न सकिने हुँदा व्यावहारिक रूपमा सजिलो भएको छ । कुनै व्यक्ति एकैपटक एउटाभन्दा बढी कम्पनीहरूमा कम्पनी सचिवको रूपमा नियुक्त हुन पाउने छैन, तर कुनै मुख्य कम्पनीको कम्पनी सचिवलाई त्यस्तो कम्पनीको सहायक कम्पनीको कम्पनी सचिव पदमा नियुक्त गर्न सकिन्छ । कम्पनी सचिवको पद रिक्त भएमा वा बहालवाला कम्पनी सचिवले कम्पनी सचिवको कार्य नगरेमा वा गर्न असमर्थता देखाएमा सञ्चालक समितिले कम्पनी सचिवको काम गर्न पाउने गरी कम्पनी सचिवको निमित्त योग्यता पुगेको व्यक्तिलाई कम्पनीको कुनै कर्मचारीलाई कम्पनी सचिवको हैसियतमा काम गर्न पाउने गरी तोक्न सक्छ । हरेक कम्पनीले कम्पनी सचिवको दर्ता किताब गराइराख्नुपर्छ । कम्पनी सचिव नियुक्ति वा फेरफार भएमा त्यसको सूचना १५ दिनभित्र कम्पनी रजिस्ट्रारको कार्यालयलाई दिनुपर्छ । कम्पनी सचिवलाई सञ्चालक समितिले नियुक्ति गर्छ । सञ्चालक समिति र साधारणसभाद्वारा गरिएको निर्णयहरू र कम्पनी रजिस्ट्रारको कार्यालय वा अन्य सम्बद्ध निकायहरूद्वारा निर्देशित कुराहरू कार्यान्वयन गर्नु, गराउनु र कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालय वा अन्य निकायमा पेश गर्नुपर्ने विवरण, कागजात, निर्णय आदि निर्धारित अवधिभित्र पेश गर्नु कम्पनी सचिवको कर्तव्य रहन्छ । कम्पनीको काम कारबाहीका सम्बन्धमा कम्पनीका शेयरधनी, सञ्चालक तथा व्यवस्थापनबीच समन्वय राखी कम्पनीलाई राम्रोसँग सञ्चालन गर्न कम्पनी सचिवको महत्त्वपूर्ण भूमिका हुन्छ । कहिलेकाहीँ सञ्चालक समिति र व्यवस्थापनबीच द्वन्द्व भएमा कम्पनी सचिवले यी निकायबीच मध्यस्थ कायम राखी कम्पनीलाई अगाडि बढाउनुपर्छ । कम्पनी सचिवले व्यावसायिक मर्यादामा रहने गरी आचरण कायम राख्नुपर्छ । सञ्चालक समिति तथा साधारणसभाका निर्णयहरूलाई व्यवस्थित तवरबाट राखी कार्यान्वयन गराउने जिम्मेवारीसमेत कम्पनी सचिवको हुन्छ । लेखक बैंकिङ अपराधमा विद्यावारिधि गरेका अधिवक्ता हुन् ।

लिग संचालन गर्न एन्फालाई बागमती प्रदेश खेलकुदको १ करोड

एजेन्सी – बागमती प्रदेश खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लिग संचालनका लागि १ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । परिषदले सहिद स्मारक ए डिभिजन लिग र प्रदेश लिग आयोजनाको शीर्षकमा यसै आर्थिक वर्षमा ५०-५० लाख रुपैयाँ प्रदान गर्ने भएको हो । शुक्रबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल […]

१ करोड लगानीमा ‘होटल दरबार एन्ड रेस्ट्रो’ सञ्चालन

सुनसरी । पछिल्लो समय इटहरीमा स्तरीय होटल रेस्टुराँ सञ्चालन हुने क्रम बढेको छ । नगरमा नयाँ नयाँ व्यवसायसँगै होटल क्षेत्रमा लगानी गर्नेहरू पनि बढेका हुन् । यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी–१७ लविपुरमा १ करोडको लगानीमा ‘होटल दरबार एन्ड रेस्ट्रो’ सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले शनिवार उक्त होटलको उद्घाटन गरेका छन् । आन्तरिक पर्यटकलाई नेपाली खानाको स्वाद चखाउन तथा चिकेनका पारखीहरूलाइ ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याइएको सञ्चालक नगेन्द्रबहादुर राईले बताए । होटलका अन्य लगानीकर्तामा मच्छिन्द्र राई र राज नेहाङ रहेका छन् । होटलमा नेपाली मौलिक खानासँगै तन्दुरी परिकार उपलब्ध हुने सञ्चालक राईले बताए । होटल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पौडेलले इटहरीमा आन्तरिक पर्यटकलाइ सेवा प्रदान गर्न खोलिएका होटलकै कारण शहरको सान बढेको बताए । ‘कोरोना कहरबीच होटलहरू धराशयी बनिरहेको अवस्थामा करोडौं लगानीमा सञ्चालन गर्नु इटहरीका लागि गौरवको विषय हो,’ उनले भने । कार्यक्रममा होटल तथा लज व्यवसायी समिति इटहरीका अध्यक्ष उमेशकुमार थापा, होटल व्यवसायी महासंघ प्रदेश नं १ का उपाध्यक्ष गोविन्द थापा, होटल तथा लज व्यवसायी समिति इटहरीका सचिव विनोद कार्की लगायतले उक्त होटल सञ्चालनले यस क्षेत्रमा लगानीका लागि सकारात्मक सन्देश दिएको बताएका थिए ।

स्थानीय तहः कुनै पर्व खर्च लिने, कुनै पोशाक भत्ता, कुनै स्वकीय सचिव राख्ने

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा अझ पनि स्थानीय तहमा बेथिति कायम रहेको उल्लेख छ। प्रतिवेदन अनुसार २८ स्थानीय तहले चाडपर्व खर्च भनेर रु. १ करोड ४३ लाख ८१ हजार लिएका छन्।...

पाकिस्तानद्वारा नेपाललाई १ करोड ९० लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री प्रदान

पाकिस्तानले नेपाललाई ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी ब्रेथिङ इक्विपमेन्ट सहयोग गरेको छ । १ करोड ९० लाख रुपैयाँ बराबरका यी उपकरण पाकिस्तानका चार्ज डि एफियर्स अदनान जाभेद खानले बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् । यी सबै उपकरण पाकिस्तानमै तयार भएका हुन् । पाकिस्तानले यसअघि सार्क सदस्य राष्ट्रहरूलाई कोभिड– १९ आपतकालिन सहायता कार्यक्रमअन्तर्गत सहयोग गर्ने वाचा गरेको थियो । यसअघि गत महिना पाकिस्तानले यही कार्यक्रमअन्तर्गत नेपाल

मातृ शिशु स्वास्थ्य सेवा सुधार गर्न जर्मनीको करिब दुई अर्ब सहयोग

काठमाडौं। जर्मनीले मातृ शिशु स्वास्थ्य सेवा सुधार र दिगो आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न नेपाललाई १ करोड ३८ लाख युरो (एक अर्ब ९८ करोड ५६ लाख १२ हजार १११ रुपैयाँ) दिने भएको छ। वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थ सचिव वा सहसचिवलाई अख्तियारी प्रदान गरेको सरकारको प्रवक्ता पार्वत गुरुङले बताए।

राष्ट्रियसभा सदस्यको १ पदमा उपनिर्वाचन गर्दा १ करोड ६१ लाख खर्च लाग्ने

तत्कालीन राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’लाई पदमुक्त गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन गर्दा १ करोड ६१ लाख खर्च लाग्ने अनुमान निर्वाचन आयोगले गरेको छ । आयोगका प्रवक्ता तथा निमित्त सचिव राजकुमार श्रेष्ठले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार भएको जानकारी दिए । बागमती प्रदेशबाट रिक्त सदस्य पदमा आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७८ पारित गरेको छ । कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापन...

शान्ति कोषको अक्षयकोषमा १ करोड संकलन

म्याग्दी– गरिब तथा बिरामीहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालित ओमकुमारी शान्ति कोषको अक्षकोषमा १ करोडभन्दा बढी संकलन भएको छ । उपचारको क्रममा निधन भएकी ओमकुमारी पुनको स्मृतिमा २०७१ सालबाट सुरु गरिएको शान्ति कोषमा हालसम्म १ करोड १ लाख ६८ हजार रुपैयाँ संकलन भएको संस्थाका सचिव लोकेश पुन मगरले बताए ।८ सयभन्दा बढी साधारण सदस्य रहेको संस्थाले […]