पाकिस्तानद्वारा नेपाललाई १ करोड ९० लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री प्रदान

पाकिस्तानले नेपाललाई ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी ब्रेथिङ इक्विपमेन्ट सहयोग गरेको छ । १ करोड ९० लाख रुपैयाँ बराबरका यी उपकरण पाकिस्तानका चार्ज डि एफियर्स अदनान जाभेद खानले बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् । यी सबै उपकरण पाकिस्तानमै तयार भएका हुन् । पाकिस्तानले यसअघि सार्क सदस्य राष्ट्रहरूलाई कोभिड– १९ आपतकालिन सहायता कार्यक्रमअन्तर्गत सहयोग गर्ने वाचा गरेको थियो । यसअघि गत महिना पाकिस्तानले यही कार्यक्रमअन्तर्गत नेपाल

सम्बन्धित सामग्री

झापामा १ करोड रुपैयाँ बढीको अवैध सामग्री प्रहरी नियन्त्रणमा

दमक- झापाको मेचीनगर नगरपालिकामा भन्सार छली गरी नेपाल भित्रिएको १ करोड २६ लाख रुपैयाँ बढीको सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ना. ६ ख ४९०२ नम्बरको ट्रकसहित १ करोड रुपैयाँ बढीको सामग्री मेचीनगर ६ बाट बरामद गरेको हो। प्रहरीका अनुसार काँकडभिट्टा भन्सार छली गरी […]

१ करोड क्षतिपूर्ति कुर्दै एसिड पीडित

मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन।प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौँडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपर्वन-६ का राज भनिने दिलीपराज केशरीलाई दोषी ठहर गर्दै अदालतले उक्त क्षतिपूर्ति तोकेको हो। भारतीय नागरिक केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत ८ वर्ष कैद र १ करोड १४ लाख रुपियाँ जरिवानाको फ

‘चिसो मान्छे’को तीन दिनको कमाइ १ करोड २८ लाख ग्रस

काठमाडौं । स्वस्तिमा खड्का र अर्पण थापा स्टारर फिल्म ‘चिसो मान्छे’ले पहिलो सप्ताहन्तमा १ करोड २८ लाख रुपैयाँ ग्रस ओपनिङ गरेको छ । फिल्मले शुक्रबार ४१ लाख, शनिबार ६२ लाख र आइतबार २५ लाख ग्रस कमाइ गरेको विवरण प्राप्त भएको छ । सकारात्मक समीक्षा प्राप्त गरेको फिल्मको व्यावसायिक भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । […]

९ महिनामा १ करोड २८ लाखको युरिन ब्याग आयात

चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा विदेशबाट १ करोड २८ लाख रुपैयाँको युरिन ब्याग आयात भएको छ । भन्सार विभागले साउनदेखि चैत महिनासम्ममा ४ लाख ६० हजार वटा युरिन ब्याग भित्रिएको जनाएको हो ।१ करोड २८ लाख रुपैयाँ बराबरको साढे ४ लाख युरिन ब्याग आयात गर्ने क्रममा २५ लाख ६७ हजार रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । यस अवधिमा नेपालमा भित्रिएका सबै युरिन ब्याग भारतबाट आयात भएको विभागले जनाएको छ ।गत आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको अवधिमा विदेशबाट जम्मा १ करोड १९ लाख ७७ हजार रुपैयाँको युरिन ब्याग आयात भए

क्षेत्रपाटी अस्पतालको नयाँ भवनका लागि १ करोड ६८ लाख रुपैयाँ आर्थिक संकलन

काठमाडौं । क्षेत्रपाटी निःशुल्क अस्पतालको नयाँ भवन निर्माणका लागि ‘हाम्रो मित्र यूवा समूह’ ले १ करोड ६८ लाख रुपैयाँ आर्थिक संकलन गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय सहयोगीहरुले अस्पतालको नयाँ भवन निर्माणका लागि सो रकम सहयोग गरेका हुन् । भवन निर्माणका लागि सहयोग गर्ने सहयोगीदातालाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ । सहयोगीदातालाई नेपाली […]

मिलेमतोमा सहकारीको १ करोड ९० लाख घोटाला

विराटनगरस्थित ४३ वर्ष पुरानो नमुना सहकारीको करिब १ करोड ९० लाख रुपैयाँ घोटाला भएको छ। यसमा लेखापाल ६० वर्षीय सविलाल राजवंशी र सहलेखापाल ५५ वर्षीय राजकुमार राजवंशी मुछिएका छन्। प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी सहकारी ठगीमा अनुसन्धान अघि बढाएको छ। दुवै जनाविरुद्ध बुधबार जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। लेखापाल सविलालले १ करोड ११ लाख ६२ हजार घोटाला गरेको दाबी सहकारी सञ्चालक समिति उपाध्यक्ष सर्वेलाल राजवंशीले गरे। उपाध्यक्ष राजवंशीका अनुसार सहलेखापाल रा...

पाँचथर : फालेलुङमा भएकाे आगलागीबाट १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा भएको आगलागीबाट १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति स्थानीय जितबहादुर मेयोङबा, रामजित राई र मनबहादुर राईको घरमा आगलागी हुँदा त्यति क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) राकेश थापाले बताउनुभयो ।  जितबहादुर मेयोङबाको घरमा विद्युत् सर्ट भइ आगलागी भएकाे प्रहरीले जनाएको छ। आगलागीबाट ३ वटै घर जलेर नष्ट भएको छ भने जितबहादुरको घरमा रहेको डेरी, किराना पसल जल्दा ७ लाख रुपैय...

मिन भामको ‘चिसो वर्ष’ लाई १ करोड ७ लाख बराबरको ‘ताईपेई फन्ड’

निर्देशक मिन भामको आगामी चलचित्र ‘चिसो वर्ष’ ( अ इयर अफ कोल्ड) लाई १ करोड ७ लाख रुपैयाँ बराबरको नगद सहयोग प्राप्त भएको छ। ताईपेई फिल्म फन्ड’ ले उनलाई चलचित्र निर्माणको लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो। ताइपेई सरकाले हरेक वर्ष ४ देखि ६ ओटा चलचित्रलाई यो फन्ड प्रदान गर्ने गर्छ। यस वर्ष […]

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

काठमाडौं : स्रोत नखुलेको ठूलो परिमाणको रुपैयाँ सहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३० वर्षीय अमितकुमार गुप्तालाई नियन्त्रणमा लिएको हो। ' ठूलो परिमाणमा स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा लिएका छौं। आज सार्वजनिक गर्दैछौं,' एक प्रहरी अधिकृतले भने। उनको साथबाट प्रहरीले १ करोड ४६ लाख…