सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ करोड ४२ लाखभन्दा बढी कित्ता शेयरको लकइन चैत २० गते सकिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ करोड ४२ लाख ६६ हजार ३२३ दशमलव ५० कित्ता शेयरको लकइन चैत २० गतेदेखि सकिने भएको छ । साविक ज्योति लाइफ इन्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी एक भई २०७९ साल पुस ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कूल शेयरमध्ये साविक ज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको शेयर एवम् संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको उक्त शेयरको लकइन चैत २० गते समाप्त हुन लागेको हो । मर्जरपश्चात कायम शेयरमध्ये संस्थापक समूहतर्फको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको २ लाख ९९ हजार २९३ दशमलव ५० कित्ता शेयरको लइकन खुला हुन लागेको हो । यी शेयरहरूको लइकन खुला भएपनि कम्पनीका सञ्चालक , कार्यकारी प्रमुख, लेखा परिक्षक, कम्पनी सचिव, उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरू, लेखा सम्बन्धी कार्यमा प्रत्येक्ष संलग्न कर्मचारीहरूको स्वामित्वमा रहेको शेयर भने रोक्कानै रहने जानकारी कम्पनीले दिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस   

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ महिनामै कमायो खुद नाफा २३ करोड ६६ लाख

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा र खुद बीमाशुल्क दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढाउन सफल बनेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा एक्चुरियलसम्बन्धी अन्तरक्रिया सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरुको एक्चुरियल कार्यसम्बन्धी एकदिने ‘एक्चुअरिज फर टुमरो’ शीर्षकमा अन्तरकृया कार्यक्रम आयोजना गरेको छ। पुल्चोकस्थित एलिस रेस्टुरेन्टमा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालका...

सूर्यज्योति लाइफद्वारा बीमा दाबी रकम भुक्तानी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्लाहीका स्वर्गीय शेषपति शाहको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ ।

‘बीमितलाई कम प्रिमियममा उच्च प्रतिफल दिएका छौं’

काठमाडौं । नेपालमा पहिलो मर्जर गर्न सफल जीवन बीमा कम्पनी हो– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी । सूर्यलाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । ७ पुसदेखि एकीकृत कारोबार सुरु गरेको यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री छन् । जीवन बीमक संघको महासचिव समेत रहेका उनी अर्थतन्त्रमा मन्दी आउँदा जीवन […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।...