एशियन लाईफद्वारा रू. १ करोड २ लाख दाबी भुक्तानी

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबीबापत रू. १ करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ । कम्पनीले बीमित हजरा खातुनका पति नाथु देवानलाई कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठले मृत्यु दाबीबापतको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, डेपुटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, कलैया शाखा प्रबन्धक सोनालाल सहनी र अभिकर्ता नाजिर अन्सारीलगायतको उपस्थिति थियो ।

सम्बन्धित सामग्री

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

काठमाडौँ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा मृत्यु दाबीबापत बिमांक रु १ करोड रकम भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरी मृतक बीमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई सो मृत्यु दाबी रकम भुक्तानी गरेको हो। साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्षअघि एक करोडको जीवन बिमा गरेका देवबहादुर खत्रीको मृत्युपश्चात् सो दाबी […]

मृतकका परिवारलाई नेपाल लाइफद्वारा दाबी भुक्तानी

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफले रू. १ करोड १ लाखको दाबी भुक्तानी गरेको छ । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी संगीता शाहीको परिवारलाई उनकी आमा कोपिला घर्ती क्षेत्रीमार्फत कम्पनीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो ।

एनआईसी एशिया बैंकद्वारा १० लाख बीमा रकम भुक्तानी

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना’ अन्तर्गत बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत उक्त रकम भुक्तानी गरेको हो । बैंकको कपिलवस्तुस्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता अन्तर्गत ‘डायमण्ड श्रेणी’मा खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा दाबी भुक्तानी गरिएको बताइएको छ । ‘खातावालको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमाबापतको रू. १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकका पति भगौतीप्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकका अनुसार हालसम्म ९३८ जना ग्राहकले घातक रोग बीमाबापतको १ करोड ८० लाख, दुर्घटना बीमाबापतको ३ करोड र मेडिकल बीमाबापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

जीवन बीमा कम्पनीहरूमा भुक्तानी हुन बाँकी दावी रकम करीब ३ % ले वृद्धि

जेठ ५, काठमाडौं । १६ ओटा जीवन बीमा कम्पनीहरूकोे रू. ३ अर्ब ६ करोडभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।  चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासिक वित्तीय विवरणले बीमा कम्पनीहरूमा परेको दाबी रकम भुक्तानी हुन बाँकी रहेको हो । नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । तर, दुई ओटा जीवन बीमा कम्पनीको भने दाबी भुक्तानी रकम बाँकी छैन । सानिमा लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दाबी भुक्तानी हुन बाँकी नरहेको वित्तीय विवरणमा देखिन्छ । त्यसैगरी राष्ट्रिय बीमा संस्थानले भने दाबी भुक्तानी गर्नु पर्ने रकम कति छ, उल्लेख गरेको छैन ।  १६ ओटा जीवन बीमा कम्पनीको बीमितलाई दिनुपर्ने दाबी भुक्तानी रकम गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ९८ करोड थियो । गत आवको तुलनामा चालू आवमा जीवन बीमा कम्पनीहरूमा परेको दाबी भुक्तानी हुन बाँकी रकम २ दशमलव ९४ प्रतिशत वृद्धि भएको हो । १६ कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन बाँकी छ ।  यो कम्पनीको रू. १ अर्ब २८ करोडभन्दा बढी दाबी रकम भुक्तानी हुन बाँकी छ । यो रकम गत आवको तेस्रो त्रैमासको तुलनामा १२ दशमलव २८ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीको भुक्तानी हुन दाबी बाँकी रकम रू. १ अर्ब ४६ करोड रहेको छ । त्यसैगरी दोस्रोमा मेट लाइफ इन्स्योरेन्स कम्पनीको रू. ७० करोड ४६ लाख दाबी भुक्तानी हुन बाँकी छ ।  १६ ओटा कम्पनीमध्ये सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको रू. ४ लाख ३६ हजार दाबी रकम भुक्तानी हुन बाँकी छ । प्रतिशतका आधारमा सबैभन्दा बढी रिलायन्स लाइफ इन्स्योरेन्सको १ हजार ३९६ प्रतिशत वृद्धि भएको छ । यो कम्पनीले गत आवमा भुक्तानी गर्न बाँकी दाबी रकम रू. ७ लाख ८१ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड १६ लाख पुगेको हो ।

आईपीओ जारी गर्ने तयारीमा रहेको हिमालयन रिइन्स्योरेन्सले कमायो करीब ५ करोड नाफा

मंसिर २३, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बिहीवार सार्वजनकि गरेको छ । उक्त विवरण अनुसार कम्पनीले उक्त अवधिसम्म रू. ४ करोड ७६ लाख ८० हजार खुद नाफा गरेको छ । अघिल्लो त्रैमासको अन्तिमसम्म कम्पनीले रू. ९४ लाख २६ हजार यो नाफा गरेको थियो । अघिल्लो त्रैमास अर्थात् असार मसान्तसम्मको तुलनामा असोज मसान्तसम्म कम्पनीको खुद नाफा ४०६ प्रतिशत वृद्धि भएको हो । अघिल्लो त्रैमाससम्म रू. २ करोड ३७ लाख ५७ हजार आम्दानी गरेको कम्पनीले यस त्रैमाससम्ममा रू. ७ करोड ९२ लाख ६५ हजार आम्दानी गर्न सफल भएको छ । खर्च रकम पनि अघिल्लो त्रैमाससम्ममा रू. १ करोड ४३ लाख ३१ हजार भएकोमा यो त्रैमाससम्म रू. ३ करोड १५ लाख ८४ हजार भएको छ । यस त्रैमाससम्ममा कम्पनीले रू. ८ करोड ८ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो त्रैमाससम्ममा रू. २ करोड ३९ लाख २६ हजार थियो । अघिल्लो त्रैमाससम्म दाबी भुक्तानी नगरेको कम्पनीले यस त्रैमाससम्म रू. १ करोड ७ लाख १३ हजार खुद दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब रहेको छ ।  कम्पनीले संस्थापकतर्फबाट मात्र उक्त रकम बराबरको पूँजी चुक्ता गरेको हो । सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गरी रू. १० अर्ब चुक्तापूँजी कायम गर्ने तयारी कम्पनीले गरेको छ । आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव कम्पनीले कात्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभामार्फत पारित गराइसकेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ५ करोड १८ लाख २७ हजार र बीमा कोष रकम रू. ४८ लाख १९ हजार छ ।

कोषद्वारा १ करोड ६८ लाख कोभिड मृत्यु दाबी भुक्तानी

काठमाडौं (अस) । नागरिक लगानी कोषले  महामारीको रूपमा फैलिएको कोरोना भाइरस प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारी सुरुआतदेखि कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले हकवालालाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय कोषले गरेको थियो । ०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेलाई उक्त रकम उपलब्ध गराइँदै आएको कोषले बताएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएका ८४ जना हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । कम्पनीका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषमा सहभागी बुटवलका कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरे ।

नागरिक लगानी कोषले दियो १ करोड ६८ लाख कोभिड मुत्यु दाबी भुक्तानी

काठमाडौं । नागरिक लगानी कोषले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरूका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही […] The post नागरिक लगानी कोषले दियो १ करोड ६८ लाख कोभिड मुत्यु दाबी भुक्तानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एशियन लाईफद्वारा मृत्यु दाबी वापत १ करोड ८४ लाख रुपैयाँ भुक्तानी

एशियन लाईफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारजनलाई १ करोड ८४ लाख १४ हजार ५५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमति निर्मला विष्टलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बुधबार दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गरेका हुन् ।अध्यक्ष श्रेष्ठले कम्पनीका संचालकद्वय सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितीमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पु¥याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटोछरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाईफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताए ।स्वर्गिय महराले एशियन लाईफ इन्स्योरेन्समा ७५ लाखको वार्षिक धनलाभ, २५ लाखको दम्पत्ति सुरक्षा प्लस र ६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । कूल बीमांक रकम १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा १ करोड ८४ लाख १४ हजार ५५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।स्वर्गिय महराले बीमाशुल्क वार्षिक धनलाभ जीवन बीमामा ६ लाख १५ हजार १८८, दम्पत्ति सुरक्षामा ५ लाख ९३ हजार ७४५ र अग्रिम भुक्तानी सावधिकमा २ लाख ९४ हजार ९०६ रुपैयाँ समेत गरी जम्मा १५ लाख ३ हजार ८ सय ३९ बीमाशुल्क बापतको रकम जम्मा गरेका थिए ।सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

पशुधन दाबी भुक्तानी १० प्रतिशतले बढ्यो - Karobar National Economic Daily

काठमाडौंः गत आर्थिक वर्ष ०७३-७४ मा पशुधन सुरक्षणअन्तर्गत पर्ने दाबी १० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिएको पशुधनमा परेको १ करोड…