चालु आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमार्फत् सरकारले मन्त्रालयका सचिवहरूको अधिकार बढाएको छ ।
वार्षिक विनियोजित बजेट खर्च, रकमान्तर, स्रोन्तान्तर, कार्यक्रम संशोधन, र थप निकासाका सन्दर्भमा सचिवहरूको अधिकार बढेको हो ।
बजेट कार्यान्वयन निर्देशिकाअनुसार अब सचिवहरूले कुनै योजना तथा कार्यक्रममा विनियोजन भएको कुल रकमको २५ प्रतिशतसम्म रकमान्तर वा स्रोतान्तर गर्न पाउनेछन् ।
‘कार्यक्रम संशोधन गर्दा रकमान्तर गर्नुपर्ने भएमा स्रोत परिवर्तन नहुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुस...