चालु आर्थिक वर्षको असोज मसान्तभित्र कुनै पनि शीर्षकमा विनियोजित बजेट अर्को शीर्षकमा रकमान्तर गर्न नपाइने अर्थ मन्त्रालयले जनाएको छ । विनियोजित बजेट कार्यान्वयनको मार्गदर्शन जारी गर्दै मन्त्रालयले प्रथम त्रैमासिक अवधिसम्ममा कुनै पनि रकमान्तर र कार्यक्रम संशोधन गर्न नपाइने बताएको हो । तर, यस्तो व्यवस्था कार्त्तिकपछि खण्ड ३७.१ बमोजिम कार्यक्रम संशोधन गर्दा रकमान्तर गर्नुपर्ने भएमा स्रोत परिवर्तन नहुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० को उपदफा (२) को अ