अर्थ मन्त्रालयको मार्गदर्शन : तलब भत्ताको बजेट रकमान्तर नगर्नु

अर्थमन्त्रालयले बजेट कार्यान्वयनको मार्ग निर्देशनमार्फत अनिवार्य दायित्व अन्तर्गतका शीर्षकका बजेट रकमान्तर नगर्न निर्देशन गरेको छ ।  चालु खर्च अन्तर्गत विनियोजित रकमको बाँडफाँट गर्दा तलब, महँगी भत्ता, खाद्यान्न, पोशाक, घर भाडा, पानी, बिजुली र सञ्चार महसुलजस्ता अनिवार्य दायित्वमा पर्ने शीर्षकको बजेट रकमान्तर नगर्न भनेको हो ।यस्तो शीर्षकको बजेट सुनिश्चित गरेर मात्र रकम अन्य सेवा र कार्यका लागि बाँडफाँट गर्नु–गराउनुपर्ने मन्त्रालयलको मार्गदर्शनमा भनिएको छ । अनिवार्य दायित्व वापत बाँडफाँट