जनकपुरधाम । मधेस प्रदेश सभा बैठक अबरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले रकामान्तर गरेर बजेट अन्यत्र लगेको भन्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको हो। सो क्रममा अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै एमालेका सांसदहरुले मुख्यमन्त्रीको जवाफ मागे गरे पछि बैठक १० मिनेटका लागि स्थगित भएको हो […]
मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा एमालेका प्रदेश सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।
गण्डकी प्रदेशसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटको विषयलाई लिएर बैठक अवरुद्ध गरेको हो । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले १२ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।प्रदेश सरकारले गैरकानुनी रूपमा कार्यकर्ता पोस्नका लागि करोडौँ रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले यथार्थ बाहिर नल्याउँदासम्म बैठक चल्न नदिने उडान राख्दै आएको छ । एमालेले आइबार पनि संसद् बैठक अवरुद्ध गरेको थियो ।एमालेका
गण्डकी प्रदेशसभाको बैठक १ बजे सम्मका लागि स्थगित भएको छ । बजेटको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाए पछि बैठक अहिले दिउँसो १ बजेसम्मलाई स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्न साथ एमाले सांसदहरू उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए । त्यसपछि बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । सांसद बस्नेतले सरकारले पोखराको एउटै वडामा करोडौँ र