बर्सातले इँटा उद्योगमा ३० करोडको क्षति, निभ्न थाले दाङका उद्योग

दाङ–घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित गोल्ड ब्रेक इन्डस्ट्रिज इँटा उद्योग अहिले सुनसान छ । नियमितको वर्षाले यस वर्ष एक लट पनि इँटा उत्पादन गर्न नपाएर इँटा उद्योग निभाउनुपरेको सञ्चालक रोम वलीले बताए । ‘यो...

सम्बन्धित सामग्री

हत्याको १७ वर्षपछि आरोपी पक्राउ

काठमाडौँ,१५ माघ । भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुई जना पक्राउ परेका हुन् । घटनामा संलग्न एक अझै फरार छन् । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर […]

बाँकेमा खाल्डोमा डुबेर बालिकाको मृत्यु

२ फागुन, बुटवल। बाँकेमा खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया सबिना साहको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काँचो इँटामा क्षति, व्यवसायी चिन्तित

दाङ : माघे झरीले तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको शिवशक्ति  इँटा उद्योग केही दिनको बेमौसमी वर्षाका कारण क्षति पुगेको छ।भट्टा पकाउनको लागि तयार भएका इँटाहरू नोक्सान हुँदा करिब डेढ करोडको क्षति भएको उद्योगका मेनेजर प्रेम बस्नेतले बताए।   उनले भने, ‘अहिलेको समय इँटाहरू उत्पादन हुने हो। तर, पटक पटकको बेमौसमी पानीका कारण उद्योगमा तयार भएका काँचो इँटाहरू नोक्सान भए। जसले गर्दा हामीलाई करोडौँको क्षति पुगेको छ।’उनका अनुसार एउटा काँचो इँटा तयार गर्नको लागि कम्तीमा १० रुपैयाँ

माघे झरीका कारण सिरहामा २० करोडको काँचो इँटा नष्ट

काठमाडाैं : तीनदिनदेखि परेको वर्षाका कारण सिरहामा करिव २० कराेडभन्दा बढीकाे काँचाे ईटा नष्ट भएकाे छ।वर्षाका कारण १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा तथा पाँच करोड बराबरको पकाउन ठिक्क परेको इँटा गलेको व्यवसायीहरूले जनाएका छन्।इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहले बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेकाे बताए। सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए।आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढ

हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट

बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोड भन्दाको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ ।  इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् ।सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए । उनले आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इँटा गलेको बताए ।  संघका कोषाध्यक्ष रामसगुन यादवल

उत्पादनको हबमै धमाधम बन्द हुँदै इँटा उद्योग

बारा र पर्सा आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ ।  यो क्षेत्रका इँटा उद्योगले देखको अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् ।  तर कोरोना महामारी शुरू भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् ।  कोरोना महामारीका कारण मजदूर अभाव भएपछि बारा र पर्साका ५० भन्दा बढी इँटा उद्योग भन्द भइसकेका छन् ।  भारतसँग सीमा जोडिएका जिल्लामा सञ्चालित उद्योगमा अधिकांश भारतीय मजदूरले काम गर्दै आएकोमा अहिले कामदार अभाव भएको उद्योग सञ्चालकहरू बताउँछन् । आर्...

इँटा उद्योगमा कोरोना कहर : उत्पादनको हबमै धमाधम बन्द हुँदै उद्योग

वीरगञ्ज (अस) । बारा र पर्सा र आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ । यो क्षेत्रका इँटा उद्योगले देशका अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् । तर, कोरोना महामारी शुरू भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् । कोरोना महामारीका कारण मजदूर अभाव भएपछि बारा र पर्साका ५० भन्दा बढी इँटा उद्योग बन्द भइसकेका छन् । भारतसँग सीमा जोडिएका जिल्लामा सञ्चालित उद्योगमा अधिकांश भारतीय मजदूर काम गर्दै आएकोमा अहिले कामदार अभाव भएको उद्योग सञ्चालकहरू बताउँछन् । इँटा व्यवयासी संघ बारा र पर्साका अनुसार कोरोना महामारी शुरू भएपछि आफ्नो घर गएका मजदूर फर्किएका छैनन् । बारम्बारको कोरोना लहरले मजदूर नपाएपछि ती उद्योग सञ्चालनमा आउन नसकेका हुन् । कोभिडको पहिलो लहरमा सामान्य असर देखिएकोमा दोस्रो र तेस्रो लहरसम्म आइपुग्दा उद्योग बन्द हुने क्रम बढ्दै गएको हो । अधिकांश यस्ता उद्योगमा भारतीय कामदार कार्यरत रहेको र कोरोनाका कारण मजदूर आपूर्ति हुन नसकेपछि उत्पादन नै बन्द गर्नु परेको संघका अध्यक्ष रामप्रकाश यादवले बताउँछन् । बारा र पर्सामा करीब २ सयको हाराहारीमा यस्ता उद्योग रहेकोमा अहिले १५० जति सञ्चालनमा रहेको अनुमान यादवको छ । इँटा उद्योग सञ्चालन हुन  नसक्दा यी उद्योगमा भएको करीब २ अर्ब रुपैयाँबराबरको लगानी जोखिममा परेको सञ्चालकहरूले बताएका छन् । एउटा उद्योगमा ३ देखि ५ करोड रुपैयाँसम्म लगानी हुने अनुमान उनीहरूको छ । सञ्चालनमा रहेका उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यस्ता उद्योगमा अधिकांश भारतीय कामदार छन् । ‘कोरोना शुरू भएपछि भारत गएका मजदूर नफर्किएपछि उद्योग सञ्चालनमा समस्या भयो । पटकपटकको कोरोना लहरले उद्योगमा मजदूर अभाव भएको छ,’ एक उद्योगीले भने । सामान्यतया एउटा उद्योगले वर्षमा ६ पटकसम्म इँटा उत्पादन गर्दछन् । एक पटकमा ५ लाखदेखि ७ लाखसम्म इँटा उत्पादन हुने उद्योगी बताउँछन् । एउटा उद्योगमा १५० देखि २०० सम्म कामदारको खाँचो पर्दछ । सञ्चालनमा रहेका उद्योगले पनि न्यून जनशक्तिमा काम चलाइरहेको बताएका छन् । केही दिनदेखि पूर्वी नेपालका कामदार आएको र त्यसैको बलमा डेढ सयजति उद्योग सञ्चालनमा आएको यादवले बताए । कामदार अभाव भएपछि इँटाको लागत बढेको गुनासो उद्यमीहरूले गरेका छन् ।

इँटा उद्योगमा काम गर्ने कामदार महिलाको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतास्थित इँटा उद्योगको बन्डीवाल भत्किँदा आज एकजना महिला कामदारको मृत्यु भएको छ  । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ बस्ने ५० वर्षीय जतरीदेवी सरदार रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । विशाल इँटा उद्योगमा काम गर्ने सरदार काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा छेउको वाल भत्किँदा उनी च्यापिएकी थिइन् ।उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, इँटा उद्योग

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा क्षति

दुईदिन अघिसम्म परेको बेमौसमी वर्षाका कारण रौतहटका इँटा उद्योगमा करोडौं मूल्य बराबरको क्षति भएको छ । वर्षाले काँचो इँटा गलेर नष्ट भएको हो । मंगलबार रातिदेखि बुधबारसम्म परेको बेमौसमी वर्षाले रौतहटका एक सयभन्दा बढी इँटा उद्योगमा पोल्नका लागि राखिएको करोडौं मूल्य बराबरको काँचो इँटा गलेर नष्ट भएको हो ।इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहका अनुसार जिल्लामा एकसय ६२ वटा इँटा उद्योग संचालनमा छन् ।बेमौसमी वर्षाले प्रायः सबै उद्योगमा क्षति गरेकाले कम्तीमा ५ करोडभन्दा बढी मूल्यको इँटा गलेर नष

धराशायी हुने अवस्थामा इँटा उद्योग

“सिजन सुरु भएसँगै दुईसय बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इँटा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इँटा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो ।