काँचो इँटामा क्षति, व्यवसायी चिन्तित

दाङ : माघे झरीले तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको शिवशक्ति  इँटा उद्योग केही दिनको बेमौसमी वर्षाका कारण क्षति पुगेको छ।भट्टा पकाउनको लागि तयार भएका इँटाहरू नोक्सान हुँदा करिब डेढ करोडको क्षति भएको उद्योगका मेनेजर प्रेम बस्नेतले बताए।   उनले भने, ‘अहिलेको समय इँटाहरू उत्पादन हुने हो। तर, पटक पटकको बेमौसमी पानीका कारण उद्योगमा तयार भएका काँचो इँटाहरू नोक्सान भए। जसले गर्दा हामीलाई करोडौँको क्षति पुगेको छ।’उनका अनुसार एउटा काँचो इँटा तयार गर्नको लागि कम्तीमा १० रुपैयाँ