बेमौसमी वर्षाका कारण इँटा उद्योगमा क्षति

 दुईदिन अघिसम्म परेको बेमौसमी वर्षाका कारण रौतहटका इँटा उद्योगमा करोडौं मूल्य बराबरको क्षति भएको छ । वर्षाले काँचो इँटा गलेर नष्ट भएको हो । मंगलबार रातिदेखि बुधबारसम्म परेको बेमौसमी वर्षाले रौतहटका एक सयभन्दा बढी इँटा उद्योगमा पोल्नका लागि राखिएको करोडौं मूल्य बराबरको काँचो इँटा गलेर नष्ट भएको हो ।इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहका अनुसार जिल्लामा एकसय ६२ वटा इँटा उद्योग संचालनमा छन् ।बेमौसमी वर्षाले प्रायः सबै उद्योगमा क्षति गरेकाले कम्तीमा ५ करोडभन्दा बढी मूल्यको इँटा गलेर नष

सम्बन्धित सामग्री

काँचो इँटामा क्षति, व्यवसायी चिन्तित

दाङ : माघे झरीले तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको शिवशक्ति  इँटा उद्योग केही दिनको बेमौसमी वर्षाका कारण क्षति पुगेको छ।भट्टा पकाउनको लागि तयार भएका इँटाहरू नोक्सान हुँदा करिब डेढ करोडको क्षति भएको उद्योगका मेनेजर प्रेम बस्नेतले बताए।   उनले भने, ‘अहिलेको समय इँटाहरू उत्पादन हुने हो। तर, पटक पटकको बेमौसमी पानीका कारण उद्योगमा तयार भएका काँचो इँटाहरू नोक्सान भए। जसले गर्दा हामीलाई करोडौँको क्षति पुगेको छ।’उनका अनुसार एउटा काँचो इँटा तयार गर्नको लागि कम्तीमा १० रुपैयाँ

बेमौसमी वर्षाले गर्दा इँटा उद्योगमा करोडौँको क्षति

बेमौसमी वर्षाका कारण सिरहामा करोडौँ रुपैयाँ बराबर इँटा पानीले भिजेर कमै नलाग्ने भएको छ । बिहीबार रातिदेखि हावाहुरीसँगै पानी परेको हुँदा इँटा उद्योगहरूमा चाङ लगाएर राखिएको काँचो इँटा भिजेर गल्न थालेपछि चार करोडभन्दा बढी मूल्यको क्षति भएको इँटा भट्टा महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष विक्रम साहले जानकारी दिए। श्री सागर इँटा उद्योगका सञ्चालक समेत रहेका साहले आफ्नै उद्योगमा रहेको १० लाख काँचो इँटा पानीले भीजाएर बर्बाद भएको बताए । त्यसैगरी गणती इँटा भट्टा उद्योग, असनपुर– ७ का सञ्

चौध करोडका इँटा नष्ट

रुपन्देहीमा बेमौसमी वर्षाका कारण इँटा उत्पादनमा ह्रास आएको छ । उद्योगीका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १४ करोड रुपियाँ बराबरको काँचो इँटा नष्ट भएको छ । रुपन्देहीमा ५२ वटा इँटा उद्योग सञ्चालनमा छन् । इँटा उद्योगमा यस वर्ष उत्पादनका लागि तयारी अवस्थामा राखिएका काँचा इँटा क्षति भएको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । गत मङ्सिरदेखि फागुनसम्म विभिन्न समयमा परेको बेमौसमी वर्षाका कारण काँचो इँटामा क्षति भएकाले यस वर्ष इँटा उत्पादनमा कमी आउने र उत्पादन लागतसमेत बढ्ने हुँदा सम्पूर्ण व्यवसायी मर्कामा परेको घिमिरेले बताउनुभयो । इँटामा क्षति पुगेकाले मूल्य बढ्नसक्ने पनि उहाँले बताउनुभयो । घिमिरेका अनुसार अहिलेसम्म इँटा उत्पादनमा ६० प्रतिशत गिरावट आएको छ । अब चैत र वैशाखमा मौसम सफा भए ४० प्रतिशत इँटा उत्पादन बढ्नसक्ने तर यसले बजारमा इँटाको माग पूरा नगर्ने हुनाले इँटाको अभाव हुनसक्ने बताउनुभयो ।