इँटा उद्योगमा कोरोना कहर : उत्पादनको हबमै धमाधम बन्द हुँदै उद्योग

वीरगञ्ज (अस) । बारा र पर्सा र आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ । यो क्षेत्रका इँटा उद्योगले देशका अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् । तर, कोरोना महामारी शुरू भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् । कोरोना महामारीका कारण मजदूर अभाव भएपछि बारा र पर्साका ५० भन्दा बढी इँटा उद्योग बन्द भइसकेका छन् । भारतसँग सीमा जोडिएका जिल्लामा सञ्चालित उद्योगमा अधिकांश भारतीय मजदूर काम गर्दै आएकोमा अहिले कामदार अभाव भएको उद्योग सञ्चालकहरू बताउँछन् । इँटा व्यवयासी संघ बारा र पर्साका अनुसार कोरोना महामारी शुरू भएपछि आफ्नो घर गएका मजदूर फर्किएका छैनन् । बारम्बारको कोरोना लहरले मजदूर नपाएपछि ती उद्योग सञ्चालनमा आउन नसकेका हुन् । कोभिडको पहिलो लहरमा सामान्य असर देखिएकोमा दोस्रो र तेस्रो लहरसम्म आइपुग्दा उद्योग बन्द हुने क्रम बढ्दै गएको हो । अधिकांश यस्ता उद्योगमा भारतीय कामदार कार्यरत रहेको र कोरोनाका कारण मजदूर आपूर्ति हुन नसकेपछि उत्पादन नै बन्द गर्नु परेको संघका अध्यक्ष रामप्रकाश यादवले बताउँछन् । बारा र पर्सामा करीब २ सयको हाराहारीमा यस्ता उद्योग रहेकोमा अहिले १५० जति सञ्चालनमा रहेको अनुमान यादवको छ । इँटा उद्योग सञ्चालन हुन  नसक्दा यी उद्योगमा भएको करीब २ अर्ब रुपैयाँबराबरको लगानी जोखिममा परेको सञ्चालकहरूले बताएका छन् । एउटा उद्योगमा ३ देखि ५ करोड रुपैयाँसम्म लगानी हुने अनुमान उनीहरूको छ । सञ्चालनमा रहेका उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यस्ता उद्योगमा अधिकांश भारतीय कामदार छन् । ‘कोरोना शुरू भएपछि भारत गएका मजदूर नफर्किएपछि उद्योग सञ्चालनमा समस्या भयो । पटकपटकको कोरोना लहरले उद्योगमा मजदूर अभाव भएको छ,’ एक उद्योगीले भने । सामान्यतया एउटा उद्योगले वर्षमा ६ पटकसम्म इँटा उत्पादन गर्दछन् । एक पटकमा ५ लाखदेखि ७ लाखसम्म इँटा उत्पादन हुने उद्योगी बताउँछन् । एउटा उद्योगमा १५० देखि २०० सम्म कामदारको खाँचो पर्दछ । सञ्चालनमा रहेका उद्योगले पनि न्यून जनशक्तिमा काम चलाइरहेको बताएका छन् । केही दिनदेखि पूर्वी नेपालका कामदार आएको र त्यसैको बलमा डेढ सयजति उद्योग सञ्चालनमा आएको यादवले बताए । कामदार अभाव भएपछि इँटाको लागत बढेको गुनासो उद्यमीहरूले गरेका छन् ।

सम्बन्धित सामग्री

कोरोना कहर : स्थानीय तह धमाधम सेवा स्थगन गर्दै

धनगढी । सुदूरपश्चिमका स्थानीय तहको सेवा धमाधम स्थगन हुन थालेको छ । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि स्थानीय तहले सेवा स्थगन गर्न थालेका हुन । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाले अत्यावश्यक र आन्तरिकबाहेक सबै कामकाज स्थगित गर्ने निर्णय गरेका छन् । नियमित कार्य सम्पादनको क्रममा कर्मचारी, जनप्रतिनिधिमा […] The post कोरोना कहर : स्थानीय तह धमाधम सेवा स्थगन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘मिस वर्ल्ड’मा कोरोना कहर

पुर्तोरिको(अमर उजाला)– सन् २०२१ को ‘मिस युनिभर्स’ पछि अब सबैको ध्यान ‘मिस वर्ल्ड’ तिर गएको छ । यो विश्वप्रतिष्ठित सौन्दर्य प्रतियोगिताको सबै तयारी सुरु भइसकेको छ । यसपटक प्रतियोगिता डिसेम्बर १७ मा पुर्तो रिकोको सेन जुआनमा हुँदैछ । तर यो प्रतियोगितामा कोरोना भाइरसको बादल मडारिएको छ । प्रतियोगितामा सहभागीे १७ जनामा कोरोना संक्रमण देखिएको छ […]

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन भने सकेको छैन । अहिलेको स्थिति भनेको हाम्रो देशमा धानबालीको रोपाइँलगायत विभिन्न किसिमका बालीनालीहरू लगाउने समय पनि हो । हाम्रा छिमेकी देशमध्ये चीनमा सामान्य भए पनि भारतमा भने दिनहुँ भयावह रूपमा […] The post कोरोना कहर र कौसी खेती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना कहर र निषेधाज्ञाले छेकेन विकास

म्याग्दी । कोरोना कहर र निषेधाज्ञाका कारण देशमा अधिकांश गतिविधि ठप्पप्रायः भइरहेका बेला म्याग्दीमा भने विकास निर्माणका काम नियमित रूपमा भइरहेका छन् । जिल्लामा राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गतवर्ष जस्तो प्रभाव पारेको छैन । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, जिल्लाका स्थानीय तह जोड्ने कृषि वा ग्रामीण सडक स्तरोन्नति तथा मर्मत र पुल निर्माण धमाधम भइरहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भए पनि राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्र शुरू भएको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि वडा नं १ बेगखोला जोड्ने सडक आइतवारदेखि कालोपत्र शुरू भएको हो । गतवर्ष नै कालोपत्र गर्ने तयारी गरिए पनि कोरोना र बन्दाबन्दीका कारण रोकिएको काम एक वर्षपछि सुचारु भएको हो । सडकको धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति गरेको थियो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले कालोपत्र गर्न प्राइम (बिटुमिन) बिछ्याउन शुरू गरेको हो । ओमकारेश्वर कन्स्ट्रक्सनका सञ्चालक अमृत दाहालले कुनौटोदेखि गलेश्वरतर्फ प्राइम कोड हालेर कालोपत्रको काम शुरू गरेको बताए । मौसमले साथ दिएमा गलेश्वरदेखि बेगखोला सम्मको ८ किलोमिटर सडकमध्ये ६ किलोमिटर जेठभित्र कालोपत्र गरिसक्ने उनको भनाइ छ । त्यसैगरी पश्चिम म्याग्दीको बाबियाचौरदेखि अर्मन नेटा जोड्ने पक्की पुलको निर्माण पनि धमाधम भइरहेको छ । लुम्बिनी प्राकृतिक जेभीले ११ करोडमा ठेक्का लिएको यो पुलको भौतिक प्रगति ८० प्रतिशत रहेको र असार मसान्तसम्म पूरा गर्ने लक्ष रहेको सब–इन्जिनियर सविनकुमार शाक्यले बताए । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित आयोजनामा कोरोना र निषेधाज्ञाको असर नपरेको बताइएको छ । सडक र मोटरेबल पुल निर्माणको काम धमाधम भइरहेको छ । त्यसैगरी बेनीबजार संरक्षण, राहुघाट जलविद्युत्, नीलगिरि, घारखोला, मंगले राहुघाटलगायत जलविद्युत् आयोजना निर्माण धमाधम भइरहेका छन् । विकास आयोजना निर्माण जारी भएपछि ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न वर्गलाई राहत मिलेको छ । यस्तै पूँजी निर्माण, विकास बजेट परिचालन तथा योजना कार्यान्वयनमा सहयोग पुगेको छ । यता, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवाहरू भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठजना युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको ५ लाख बराबरको कामको ठेक्का लिएर उनीहरू सडक मर्मतमा जुटेका हुन् । स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल, विकास कुँवर, कृष्ण पोख्रेल लगायत युवाले अहिले धमाधम खहरे खोलामा ग्याबिन जाली भर्ने काम गरिरहेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रबहादुर कुँवरले जानकारी दिए । वडासदस्य कुँवरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाको ५ लाख लागतमा निर्माण गरिएको खहरेखोला–कुरुंदी–जलकेनी सडकमा गतवर्ष आएको बाढीले क्षति पुर्‍याएपछि सोही सडकको मर्मत कार्यमा युवाहरू जुटेका हुन् । बन्दाबन्दीको समयमा घरमा विनाकाम बस्नुभन्दा युवाले रोजगारी पनि पाउने र विकासको काम पनि हुने भएकाले सडक मर्मतको जिम्मा स्थानीय युवाहरूलाई नै दिइएको उनले बताए ।

कोरोना कहर : नाउर गणना प्रभावित

फुङ्लिङ, ११ जेठ: ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा कोभिड—१९को कारणले नाउर गणना प्रभावित भएको छ । ओलाङ्चुङगोला र याङ्मा क्षेत्रमा प्रवेश पूर्ण रोक्का गरेसँगै नाउर गणना कार्यक्रम प्रभावित हुन पुगेको हो । कञ्चनजङ्घा क्षेत्रको कार्यालयदेखि नाउर गणनाको लागि प्रविधिक टोली अहिले लेलेपमा पुगेर अलमलमा परेको कार्यालयका प्रमुम संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । उनले भने, “ओलाङ्चुङ्गोला […]

सेयर बजारमा उछाल

देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको  छ । निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ

कोरोना कहर : यस्तो छ काठमाडौंको अवस्था

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या एक लाख ६३ हजार १८ रहेको छ। संक्रमितमध्ये एक लाख ३२ हजार ८१५ जना निको भइसकेका छन्। काठमाडौंमा कोरोनाका कारण एक हजार १३८ जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा सक्रियसंक्रमितको संख्या २९ हजार ६५ रहेको छ।

सबै दल र नेता एक ठाउँमा उभिँदा के फरक पर्ला? : सांसद सुनुवार

काठमाडौं। माधवकुमार नेपाल पक्षीय सांसद यज्ञराज सुनुवारले कोरोना कहर रोक्न र नागरिकको जीवन बचाउन सबै दल र नेता एक ठाँउमा उभिनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०७२ सालको विनाशकारी भूकम्पले संविधान जारी गर्न दलहरूलाई एक ठाउँमा ल्याय जस्तै कहालीलाग्दो कोरोना कहर रोक्न र नागरिकको जीवन बचाउन सबै दल र नेता एक ठाँउमा उभिँदा के फरक पर्ला?’

प्रवासी मजदुरमा कोरोना कहर

सुर्खेत जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा सिम्ता गाउँपालिका छ, जुन पालिका सल्यान र जाजरकोट जिल्लाको सीमासँग जोडिएको छ । सिम्ता कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरदेखि गाडीमा झन्डै दुई–तीन घन्टाको दूरीमा पर्छ ।...

कोरोना कहर : किन यति निस्फ्रिक्री छन् नेपाली?

केही मानिसको कस्तो साइकोलोजी पनि देखेको पनि छु भने काठमाडौंमा लक्षण देखिए वा शंका लागे सजिलै परीक्षण गर्न पाउने सुविधा छ। तर जिल्लाका साथीहरुसँग कुरा गर्दा उहाँहरुको गुनासो अर्कै छ।