काठमाडौँ– इन्द्रजात्राको अन्तिम दिन शुक्रबार महिलाहरुले रथ तानेका छन्। आज इन्द्रजात्राको समापन हुँदैछ। राति १०ः३६ बजेको साइतमा इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गर्न लागिएको हो। काठमाडौँको हनुमान ढोकामा इन्द्रध्वजा ठड्याएर सुरु गरिएको इन्द्रजात्रा इन्द्रध्वजा ढालेर समापन गर्न लागिएको हो। इन्द्रध्वजालाई टेकुमा सेलाउने परम्परा रहेको छ। इन्द्रजात्राको समापन गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीको पूजा गर्नेछिन्। त्यसलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह […]