इन्द्रजात्राको अन्तिम दिन उपमेयरसहित महिलाले ताने कुमारीको रथ, हेर्नुस् फोटो :: Pahilopost.com

काठमाडौँ : आइतबार इन्द्रजात्राको अन्तिम दिन काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीसहित महिलाहरुले जीवित देवी कुमारीको रथ तानेका छन्।  नानिचा याः भनिने आजको रथ तान्ने प्रचलन राणाकालमा सुरु भएको हो। तर केही वर्षअघिदेखि यो दिन महिलाले रथ तान्ने नयाँ चलन सुरु भएको हो।  इन्द्रजात्राको अन्तिम दिन आज रथ वसन्तपुरबाट तानेर

सम्बन्धित सामग्री

सोह्र श्राद्धको अन्तिम दिन कागबेनीमा भीड (फोटो फिचर)

पर्वत : आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्षको आज अन्तिम दिन। सोह्र श्राद्धमा पितृलाई स्मरण गर्दै पिण्ड दान गरिन्छ। सोह्र श्राद्धमा तिथिमा श्राद्ध गर्न नपाएकाहरूले सोह्र श्राद्धको अन्तिम दिन औँसीमा पिण्ड दान गर्ने चलन छ।सोह्र श्राद्धमा पिण्ड दानका लागि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने कागबेनी पनि हो। आन्तरिक र बाह्य पर्यटक तथा तीर्थालुको आकर्षणको केन्द्रका रूपमा रहेको कागबेनीमा आजको औँसीमा श्राद्ध गर्नेहरूको बिहानैदेखि भीड छ। स

अछाममा गठबन्धनको चुनावी सभा (फोटो फिचर)

अछाम– सत्तारुढ गठबन्धनले अछाममा चुनावी सभा गरिरहेको छ । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार सत्तारुढ गठबन्धनले अछामको चौरपाटीमा चुनावी सभा आयोजना गरेको हो । उक्त सभामा प्रधानमन्त्रीसमेत कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धन आवद्ध दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसरी भयो नीताको बिदाई (फोटो फिचर)

काठमाडौँ– अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारीले गत शुक्रबार लगनगाँठो कसे । वैवाहिक समारोहको अन्तिम दिन आइतबार बेलुका एक पाँचतारे होटलमा रिसेप्सन आयोजना गरिएको थियो। यो जोडीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेको हो । विवाहमा सीमित व्यक्तिलाई मात्र निम्त्याइएको भएता पनि आज हुने रिसेप्सनमा फिल्म, मिडिया, राजनीति क्षेत्रसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई निम्तो दिइएको बताइएको […]

पनौतीमा मकर मेलाको अन्तिम दिन (फोटो फिचर)

काभ्रे  : धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाटमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेलामा दर्शनार्थीको घुइँचो लागेको छ।माघे संक्रान्तिबाट सुरु भएको मकर मेला आज शनिबार अन्तिम दिन भएकाले त्रिवेणीघाटस्थित कुण्डमा मकर स्नान गर्ने र मेला हेर्न आउनेको घुइँचो लागेको हो।कोरोना संक्रमण जोखिम हुँदाहुँदै भक्तजन मेला भर्न पनौती आएका छन्। मेलामा आएका दर्शनार्थीको भीड नियन्त्रण भने भएको छैन।स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी स्नान गर्ने भनिए पनि सयौंको

जनकपुरमा यसरी मनाइयो छठ (फोटो फिचर)

२५ कात्तिक, जनकपुर । तराईमा चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्वको आज अन्तिम दिन । बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ । तराईंका जिल्लामा व्रतालुहरूले नजिकैका नदी, खोला र पोखरीमा गई आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत र छठको समापन गरेका हुन् । […]

आज गोदावरी पुष्प मेलाको अन्तिम दिन (फोटो)

पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरीकल्चर एशोसियसन (फ्यान)को आयोजनामा १४ औं गोदावरी पुष्प मेला भईरहेको छ ।

राष्ट्रपति भण्डारीद्वारा भक्तपुरमा पूजाअर्चना (फोटो फिचर)

काठमाडौं : वडा दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर पुगेर नवदुर्गा द्योछें देवता घर पुगेर नवदुर्गा भवानीको दर्शन गरेकी छन्।प्रत्येक वर्ष राष्ट्र प्रमुखको हैसियतमा वडा दसैंको अन्तिम दिन नवदुर्गा भवानीको दर्शन तथा पूजाआजा गर्ने परम्पराअनुसार राष्ट्रपति भण्डारी नवदुर्गा भवानीको दर्शन गर्न पुगेकी हुन्। राष्ट्रपति भन्दा अगाडि राष्ट्र प्रमुखका हैसियतले यहाँ राजा सवारी हुने परम्परा थियो।मन्दिर पुगेकी राष्ट्रपतिलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादक

मनोहरा खोलामा महिलाले यसरी मनाए ऋषि पञ्चमी (फोटो फिचर)

२६ भदौ, काठमाडौं । हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने र स्नान गर्ने चलन छ । आज बिहानै हिन्दु महिलाहरु कागेश्वरी मनोहरा खोला पुगेर स्नान तथा पूजा आराधना गरेका छन् […]

डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

३२ साउन, काठमाडौं । साउन महिनाको अन्तिम दिन आजै अन्तिम सोमबार पनि परेको छ । हिन्दु परम्परा अनुसार आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ । आज महिलाहरुले पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गर्ने गर्छन् । साउनको पहिलो सोमबारदेखि सुरु भएको व्रत शिव मन्दिरमा पुगेर पूजा आराधना गरी महिलाहरुले समापन गर्ने गर्दछन् । […]

शालीनदीमा श्री स्वस्थानी व्रतकथा समापन गर्दै व्रतालु (फोटो फिचर)

१५ फागुन,काठमाडौं । यो वर्षको श्री स्वस्थानी व्रतकथाको आज अन्तिम दिन । एक महिले व्रतकथाको आज विधिवतरुपमा समापन गरिँदैछ । स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । आज पनि शालिनदीमा व्रतालुहरुले पूजा आराधना गरेर […]