नेपाली राजदूतावास बहराइनस्थित मनामाबाट विद्युतीय राहदानीको लाइभ इनोल्मेन्ट शुरुवात गरिएको छ । यन्त्रवाचक राहदानीको अवधि सकिएर नवीकरणका लागि प्रतिक्षारत रहेकी शर्मिला लिम्बुको आइतबार लाइभ इनोल्मेन्टबाट यो सेवा शुरू भएको दूतावासले जनाएको छ । उनी पश्चात श्रीराम खत्रीको समेत आजै लाइभ इन्रोल्मेन्ट भएको छ। लाइभ इनोल्मेन्ट जारी रहेको समयमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भर्चुअल माध्यमबाट राजदूतावासमा सम्पर्क स्थापना गरेका थिए ।महानिर्देशक अर्यालले सेवाग्राही लिम्बुलाई बधाई