अनलाइन बजार दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु गरेको छ ।
दराजको मोबाइल एपमा उपलब्ध हुने ‘दराज लाइभ’ दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भाग भएको कम्पनीले जनाएको छ ।
ग्राहकहरूका लागि वास्तविक अनुभव दिलाउन खुद्रा बिक्री र मनोरञ्जनमा केन्द्रित हुने र घरमै बसी बसी ब्रान्ड, उत्पादनहरुको बारेमा जानकारी पाउन सकिने दराजले जनाएको छ...