सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा  कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए ।  आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र […]

सम्बन्धित सामग्री

आजका समाचार : सोनाम ल्होछारदेखी क्यानडाविरुद्व नेपाल विजयीसम्म

दिनभर आजमा माओवादीले पार्टी रूपान्तरण अभियानको समीक्षा गर्ने, सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ : प्रधानमन्त्री, ६ बुँदे सहमतिपछि काममा फर्किए वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी, रुसी सेनामा नेपाली भर्ना  : १४० जनाले दिए उद्धारका लागि आवेदन, खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति, नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता, टुँडिखेलमा सोनाम ल्होछार, क्यानाडाविरुद्ध नेपाल चार […]

कृषि व्यापार रणनीति आवश्यक : मन्त्री महतो

विराटनगर। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले कृषि क्षेत्रमा धेरै ठूलो समस्या रहेको भन्दै त्यसका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आयोजनामा भएको कोशी प्रदेशको कृषि व्यापार प्रवर्द्धन रणनीतिसम्बन्धी छलफल कार्यक्रममा उनले उक्त आवश्यकता औंल्याएका हुन् । प्रदेशमा कृषि उत्पादनमा संलग्न किसानलाई आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रको समस्या समाधान गर्न आफू लागिपर्ने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि व्यापारको क्षेत्रलाई अघि बढाउन उपयुक्त रणनीति बनाउन छलफल आयोजना गरिएको जानकारी दिए । महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि क्षेत्रको विकास अघि बढाउन सबै क्षेत्रको सहयोगको खाँचो औंल्याए । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले कृषिमा लगानी बढाउने गरी सरोकारवाला क्षेत्रहरूले काम गर्नुपर्ने सुझाव दिए । उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले व्यापार प्रवर्द्धन रणनीतिमा प्रस्तुत गरिएका विषयलाई तथ्यांकको विश्लेषणबाट यथार्थपरक बनाइनुपर्ने बताए । उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले व्यापार प्रवर्द्धन रणनीति कार्यक्रममा निजीक्षेत्रबाट व्यापार प्रवर्द्धनका लागि कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने विस्तृत रूपमा आउनुपर्ने बताए । सहज परियोजनाका परामर्शदाता रामचन्द्र बस्ताकोटीले कोशी प्रदेशमा उच्च मूल्य शृंखलाका बालीको पहिचान गर्नुपर्ने सुझाव दिए । निजीक्षेत्रले सरकारी क्षेत्रबाट कृषिक्षेत्रमा लगानी अभिवृद्धिका लागि प्राप्त गर्ने सहुलियत, लगानीको ढाँचा लगायत विषय रणनीतिमा समेटिने जानकारी उनले दिए । कृषिविज्ञ डा. राजेन्द्र उप्रेतीले नेपालमा ठूला खालका गोदाम घरको निर्माण हुन सके उत्पादनको बजारीकरणमा सहज हुने बताए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले कृषि उत्पादन बिचौलियाको हातमा पुगेको भन्दै किसानलाई फाइदा हुने गरी मूल्य निर्धारण गर्नुपर्ने सुझाव दिए । कृषि अभियानकर्मी मधु राईले कौसी खेतीबाट उत्पादित ड्रागन फ्रुट लगायत फलफूल र तरकारीले पनि बजार पाउन थालेको भन्दै कृषि व्यापार रणनीतिमा यस्ता विषय पनि समेट्नुपर्ने बताए । इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साहले इनरुवा लगायत स्थानमा निर्मित कोल्ड स्टोर प्रयोगमा आउन नसकेकाले कृषि यस्ता संरचनामा गरिने लगानीबारे व्यापार रणनीतिमा स्पष्ट व्यवस्था गर्नुपर्ने सुझाव दिए । स्नातकोत्तर क्याम्पस विराटनगरका अर्थशास्त्र विभागका प्राध्यापक रामकुमार ढुंगेलले किसानको प्रतिव्यक्ति आयस्तर वृद्धि, रोजगारी सृजना र लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखेर कृषि व्यापार रणनीति बनाउनुपर्ने बताए ।

नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्न सरकार र निजीक्षेत्रले सहकार्य गर्ने

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित उक्त समिटका प्रमुख अतिथि प्रधानमन्त्री दाहालले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए ।

जनकपुरधाममा अन्तरराष्ट्रिय व्यापार मेला शुरू

जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघले पहिलोपटक अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गरेको छ । शुक्रवारदेखि शुरू भएको मेला यही फाुगन १४ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका व्यापारीले आफ्ना उत्पादनलाई स्टलमा राखेका छन् ।  करीब २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा रहेको आयोजकले जानकारी दिएको छ । मेलामा मोटरसाइकल, ट्र्याक्टर, कार, ई–रिक्सा, इलेक्ट्रोनिक साइकल, मिथिला पेन्टिङका सामान, कम्प्युटर, कपडा लगायत घरायसी सामग्री स्टलमा राखिएका छन् । मेलाको उद्धाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरे । उनले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास, व्यापार प्रवर्द्धन गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका थिए ।

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

काठमाडौं, चैत १९ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग […]

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा. गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश