जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघले पहिलोपटक अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गरेको छ । शुक्रवारदेखि शुरू भएको मेला यही फाुगन १४ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका व्यापारीले आफ्ना उत्पादनलाई स्टलमा राखेका छन् । करीब २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा रहेको आयोजकले जानकारी दिएको छ । मेलामा मोटरसाइकल, ट्र्याक्टर, कार, ई–रिक्सा, इलेक्ट्रोनिक साइकल, मिथिला पेन्टिङका सामान, कम्प्युटर, कपडा लगायत घरायसी सामग्री स्टलमा राखिएका छन् । मेलाको उद्धाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरे । उनले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास, व्यापार प्रवर्द्धन गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका थिए ।