परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारद्वारा हालै जारी गरिएको अद्यावधिक नक्सा स्थायी भएको बताउनुभएको छ । भारतीय मिडिया आजतकलाई शुक्रबार दिनुभएको अन्तर्वार्तामा उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको यो नक्सा परिवर्तन नहुने प्रस्ट पार्नुभयो ।
उहाँले नेपालको नक्सा अद्यावधिकले भारतसँग हुने वार्तामा कुनै पनि असर नपार्ने प्रतिक्रिया दिनुभयो । जति सक्दो चाँडो कुनै पनि पूर्वाग्रहबिना समस्याको समाधान गर्न सकियो त्यति नै छिटो सम्बन्ध अझ सुमधुर भएर अगाडि बढ्ने उहाँले बताउनुभयो । नक्सा तत्काल अद्यावधिक गर्ने विषय भारतकै कारण आएको दाबी उहाँले गर्नुभयो । “जब भारतले २ नोभेम्बर २०१९ मा जम्मु काश्मीरलाई पुनव्र्यवस्थित गरेर नक्सा परिवर्तन ग¥यो ।