‘चुच्चे नक्सा’ होइन, ‘नेपालको नक्सा’ भनौं

नेपाल सरकारले २०७७ जेठ ७ गते देशको नयाँ नक्सा सार्वजनिक गर्ने बेलामा ‘चुच्चे नक्सा’ भन्ने शब्द प्रयोग गरिएको थिएन। नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) भनिएको थियो। तर नबुझेर जनमासनमा त्यस नक्सालाई चुच्चे नक्सा भन्न थालियो।...