विश्वप्रकाशको घोषणाले कांग्रेसमा हुनसक्छ नेतृत्व पुस्तान्तरण
गगन थापाले संसदीय दलको नेताको तयारीमा जुटेको घोषणा गरेलगत्तै प्रकाशमान, रामचन्द्र र देउवाको अनौपचारिक भेट । चुनावको अन्तिम मतपरिणाम नआउँदै भावी प्रधानमन्त्रीको सिन क्लियर गर्ने दुबै पक्षको प्रयास ।
नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्माको विजयलाई मैले लोकप्रिय नेतृत्वको उदय भन्न रुचाएको छु । धेरैले यसलाई नेतृत्व पुस्तान्तरणको प्रारम्भ भनेका छन्, त्यो गलत टिप्पणी त होइन, तर मेरो भनाइ अलि फरक छ । पुस्तान्तरणमा उमेर समूहको भिन्नतामात्रै पनि हुन्छ । गिरिजाप्रसादपछि सुशील कोइराला र सुशीलपछि शेरबहादुर देउवा आउँदा पुस्तान्तरण नै भएको थियो ।
नेपाली कांग्रेसमा महाधिवेशन भएकै नेतृत्व परिवर्तनका लागि हो। महाधिवशेनमार्फत शेरबहादुरको ठाउँमा अरू कोही नेतृत्वमा आइदिए हुन्थ्यो भन्ने चाहेका छन्। त्यस हिसाबले हेर्ने हो भने राम्रो माहोल बनेको छ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिमा युवाहरूको बाहुल्य देखिन्छ । १८–१९ वर्षकै युवा पनि प्रतिनिधि भएर महाधिवेशनमा सहभागी भइरहेका छन् तर महाधिवेशनमा मात्र होइन, केन्द्रीय कार्यसमितिमै पुस्तान्तरण हुनुपर्ने आवाज उठ्ने गरेको छ ।
ताप्लेजुङबाट आएकी महाधिवेशन प्रतिनिधि शिला इजम नेतृत्व लिन युवाहरू आफैं अग्रसर नभएको बताउँछिन् । ‘पुस्तान्तरणका लागि युवाहरू आफैं सक्षम हुनुपर्छ । नेतृत्व सम्हाल्न पनि तयार हुनुपर्छ,’ इजम भन्छिन्, ‘युवा जमात पनि पदाधिकारीमै बस्न खोज्छन् । नेतृत्व लिन कोही पनि अघि सर्दैनन्...
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताएका छन् । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण जरुरी भएको बताएका हुन् ।
नेपाली कांगे्रसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ । साउन १६ गतेदेखि वडातहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्नेछ । त्यसै कारण हाल नेपाली कांग्रेसमा राजनीतिक गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला चलिरहेका छन् । कोइराला परिवार आफ्नो […]
कांग्रेसको केन्द्रीय तहमा अहिले तीन पुस्ताको प्रतिनिधित्व छ । पहिलो पुस्तामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । विद्यार्थी राजनीतिदेखि नै समकालीन देउवा र पौडेलका उमेरमा दुई वर्षको अन्तर छ । नागरिकताअनुसार सभापति देउवा ७५ वर्ष र पौडेल ७७ वर्षका भए । पार्टीको नेतृत्व लिन देउवा र पौडेलबीच नै प्रतिस्पर्धा चल्नेछ वा पुस्तान्तरण हुनेछ भन्ने बहस यतिबेला कांग्रेसमा चलेको छ ।
कांग्रेसको केन्द्रीय तहमा अहिले तीन पुस्ताको प्रतिनिधित्व छ । पहिलो पुस्तामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । विद्यार्थी राजनीतिदेखि नै समकालीन देउवा र पौडेलका उमेरमा दुई वर्षको अन्तर छ । नागरिकताअनुसार सभापति देउवा ७५ वर्ष र पौडेल ७७ वर्षका भए । पार्टीको नेतृत्व लिन देउवा र पौडेलबीच नै प्रतिस्पर्धा चल्नेछ वा पुस्तान्तरण हुनेछ भन्ने बहस यतिबेला कांग्रेसमा चलेको छ ।