कांग्रेसमा होला नेतृत्वको पुस्तान्तरण ?

कांग्रेसको केन्द्रीय तहमा अहिले तीन पुस्ताको प्रतिनिधित्व छ । पहिलो पुस्तामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । विद्यार्थी राजनीतिदेखि नै समकालीन देउवा र पौडेलका उमेरमा दुई वर्षको अन्तर छ । नागरिकताअनुसार सभापति देउवा ७५ वर्ष र पौडेल ७७ वर्षका भए । पार्टीको नेतृत्व लिन देउवा र पौडेलबीच नै प्रतिस्पर्धा चल्नेछ वा पुस्तान्तरण हुनेछ भन्ने बहस यतिबेला कांग्रेसमा चलेको छ ।

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्वको सरकारको आयु ०८४ सम्मः महामन्त्री थापा

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु ०८४ सालसम्म भएको बताएका छन् । आज (बुधबार) पूर्व कर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले कांग्रेसमा चुनावपछि जितेर सरकार बनाएपछि के गर्ने भन्ने कुनै जवाफ नरहेको बताए । उनले कांग्रेसभित्र […]

कांग्रेस रुपान्तरण गर्ने नेतृत्वको खाँचो छ

भर्खरै सरकारले बजेट प्रस्तुत गरेको छ। बजेट प्रस्तुत भइरहँदा जुन नेताको वर्चस्व छ ती नेताले आ–आफ्नो क्षेत्रमा करोडौं रकम एकलौटी पारे भन्ने सम्बन्धको आरोप संसद्मा लागेको छ। यसले गर्दा सरकारको मनोमानी देखिएको छ। अर्कोतर्फ सत्ता सहयात्री दल नेपाली कांग्रेसमा नेतृत्वको विषयलाई लिएर महामन्त्रीद्वय विभिन्न कसरत गरिरहेका छन्। कतिपयले विशेष महाधिवेशनको आह्वान हुनसक्ने सम्भावना औँल्याएका छन्। […]

कांग्रेस नेता चन्द्र भण्डारी भन्छन्ः अहिलेको नेतृत्वबाट मुलुक अघि बढ्न सक्दैन

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने कि नजाने भन्ने दोधारमा रहेको बताए। उनले नेपाली कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताए। अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि […]

राजनीतिमा युवा नेतृत्वको खोजी

०६४ देखिका निर्वाचनमा कांग्रेस हारेको कारण जनाधार गुमाएर होइन, सही नेतृत्वको अभाव भएर हो राजनीतिमा पाकाहरूको होस र युवाहरूको जोसको समन्वय भए मात्र सार्थक तथा फलदायी नेतृत्व जन्मिन सक्छ । कांग्रेसमा नेतृत्वको...

कांग्रेसमा नेतृत्वको विरोध र आलोचना गर्न निषेध छैनः प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने बताउनु भएको छ । नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनमा फरक मत राख्नेहरूलाई निषेध गर्न खोजिएकोप्रति इंगित गर्दै शर्मा कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास रहेकाले आफ्नो नेतृत्वको विरोध र आलोचना गर्न सबैमा छुट रहेको स्पष्ट गराउनु भयो । बिहीबार बिहान ललितपुरमा […]

कांग्रेसमा नेतृत्वको बहस : दाइहरूकै दबदबा

हरेक महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र अबको नेतृत्व कसको र कस्तो भन्ने विषयमा गर्मागर्मी बहस हुने गर्दछ । बहस मूलतः दुई दृष्टिकोणबाट हुन्छ । पहिलो- महाधिवेशनको समयमा नेतृत्वको बहस बढी हुन्छ तर नीति ओझेलमा पर्छ । त्यसैले नीतिमा ध्यान दिनुपर्छ । दोस्रो- पार्टी नेतृत्वमा बुढापाकाको वर्चश्व भयो, अब युवा पुस्ता नेतृत्व आउनुपर्छ । तर, यस्ता बहसहरू […]

कांग्रेसमा नयाँ नेतृत्वको आवश्यकता छः चन्द्र भण्डारी

काठमाडौं, भदौ २० । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीलाई नयाँ नीति, नयाँ विचार, नयाँ दृष्टिकोण र नयाँ नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन् । सत्ता र शक्ति नै परिवर्तनको बाधक हुने उनको तर्क छ । आज  बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “महाधिवेशनको […]

पौडेल समूहको बैठक चाक्सीबारीमा, सर्वसम्मत नेतृत्वको खोजी

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए । पूर्वमहामन्त्री प्रकाशमान […]

विप्लव समूहका केन्द्रीय सदस्य दाहाल कांग्रेसमा प्रवेश

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य थानेश्वर दाहाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  दाहाललाई आइतवार मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी प्रवेश गराएका हुन् ।  विप्लव नेतृत्वको नेकपाले शनिवार एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक भएको बताएको थियो ।