काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्।नेपाली काँग्रेसले पार्टीलाई सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत धनुषामा खटिएका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाए। जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै महरले गठबन्धनको साझा अवधारणाअनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए।महरले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको दाबी गरे। उनले सरकारलाई जनताको जन