बालुवाटारमा काँग्रेस–माओवादी बैठक, गठबन्धन जोगाउन दुबै पक्ष सकारात्मक

सत्ता गठबन्धनभित्र खटपट रहेको भनिएकै बेला शुक्रबार काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ।  अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफलमा थिए । एमालेसँगको संवाद सकारात्मक रहेको र वर्तमान गठबन्धन अघि बढ्न सक्ने अवस्था नरहेको काँग्रेस र माओवादी केन्द्रकै नेताहरुले बताएका थिए ।&n