मोरङका अधिकांश पालिकामा एक्लै जित्ने दाबी गर्दै आएको नेपाली काँग्रेस अन्ततः गठबन्धन गर्न तयार देखिएको छ । सत्ता गठबन्धनका ५ दलमध्ये मोरङमा राष्ट्रिय जनमोर्चाको अस्तित्व छैन । त्यस बाहेकका दलहरूको बुधबार बसेको बैठकमा काँग्रेसले गठबन्धन गर्ने विषयमा सहमति जनाएको अन्य पार्टीका नेताहरुले बताएका छन् । उक्त बैठकले मोरङमा गठबन्धन गरेर जाने सहमति गरेको छ । पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठीक हुन्छ भन्ने विषयमा सुझाव पेश गर्न एक कार्यदल पनि बनाइएको छ ।&nbs