आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका सत्तारुढ चार दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा नेपाली काँग्रेससहितको र चार स्थानीय तहमा काँग्रेस बिनाको गठबन्धन गर्ने निर्णय भएको हो । गत १६ चैत यता निरन्तर बसेको सत्तारुढ दल काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको बैठकले आइतबार राती पालिका प्रमुख र उपप्रमुखको भागबण्डा टुंग्याएको हो । ४ स्थानीय तहमा भने काँग्रेस एकल चुनाव लड्ने सहमति भएको पूर्वसांसद एवं एकीकृत समाजवादीका केन