विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । यो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उमेद्वारहरु कार्यपालिकामा निर्वाचित भएका छन् । काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा नगर परिषदमा बहुमतमा रहेको काँग्रेस निर्वाचनमा भने पराजित भएको छ । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढीगंगा गाउँपालिकामा बहुमत हुँदाहुँदै काँग्रेस उमेद्वारहरु पराजित भएका थिए । महानगरको नगरपरिषदमा एमालेसँग उपमेयरसहित ४३ जना जनप्र