काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले सरकारमा तीन मन्त्री थपिँदा पार्टीभित्र कुनै असन्तुष्टि नभएको दाबी गरेका छन् । ‘नेपाली कांग्रेस एउटा डेमोक्रेटिक पार्टी हो । पार्टीभित्र आआफ्ना धारणा राख्नु स्वाभाविक हो । यसलाई असन्तुष्टि भनिहाल्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै ढुंगानाले भने […]