३२ दलले सच्चाए समानुपातिक बन्दसूची

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची परिमार्जन गरेका छन्। निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची संशोधन गर्न अवधि दिएकोमा आइतबार साँझसम्म ३२ दलले पहिले प्रस्तुत गरेको सूची संशोधन गरी आयोगमा बुझाएका छन्। निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार साँझसम्ममा ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन्।आयोगले मङ्सिर ४ गते हुने

सम्बन्धित सामग्री

समानुपातिक बन्दसूची आज प्रकाशन गरिने

काठमाडौं । निर्वाचन आयोगले आज शनिबार समानुपातिक उम्मेद्वारको बन्दसूची प्रकाशन गर्दैछ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लागि शनिबार समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ । आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते […]

आज समानुपातिक बन्दसूची फिर्ता लिने दिन

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज आफ्नो नाम फिर्ता लिन पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार दलहरुले हिजोसम्ममा पेश गरेको संशोधित बन्दसूचीबाट आफ्नो नाम हटाउन चाहने उम्मेदवारले आज आयोगमा निवेदन दिन सक्नेछन्। निवेदनका लागि बिहान १० बजेदेखि १२ बजेसम्मको समय निर्धारण गरिएको छ। आफ्नो नाम सूचीबाट हटाउन चाहने उम्मेदवारको निवेदन परेमा आयोगले आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा सम्बन्धित दललाई जानकारी दिने कार्यतालिका छ। उ

माओवादीले पनि सच्याएर बुझायो समानुपातिक बन्दसूची

३ असोजमा बुझाएको सूचीमाथि थपघट गरेर माओवादीले आइतबार बन्दसूची आयोगमा बुझाएको हो ।

एमालेले समानुपातिक बन्दसूची संशोधन गरेर भोलि बुझाउने

बिहीबार राति अबेर सम्म बसेको सचिवालय बैठकले केही बन्दसूची हेरफेर गरेर १५ गते बुझाउने तयारी गरिरहेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।...

कांग्रेसले समानुपातिक बन्दसूची दुईवटा बुझाएकाे खुलासा

स्रोतका अनुसार सोमबार महामन्त्री विश्वप्रकाश शर्माले आधिकारिक भनेर बुझाए पनि राति शेखर कोइराला समूहले अर्को बन्दसूची पेस गरेको हो ।

पहिलो दिन दुई दलले मात्रै बुझाए समानुपातिक बन्दसूची,आज अन्य दलले बुझाउने

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ।...

समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समयको आज अन्तिम दिन ठूला दलहरुले बन्दसूची बुझाउँदै छन् । आयोगले तोकेको पहिलो दिन हिजो आइतबार दुई दलले मात्रै बन्दसूची बुझाएका थिए । मंसिर ४ मा हुने निर्वाचनका लागि प्रमुख दलहरूले आज बन्दसूची बुझाउने तयारी गरेका छन् । दलहरू बन्दसूचीका […]

०७४ मा पेस समानुपातिक बन्दसूची आजदेखि निष्क्रिय हुने

काठमाडौं, असोज १। ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेको समाानुपातिक उमेदवारको बन्दसूची आज रातिदेखि स्वतः निष्कृय हुने भएको छ । निर्वाचन आयोगका अनुसार आज राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ । “राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९/०५/२८ को पत्र तथा […]