काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज आफ्नो नाम फिर्ता लिन पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार दलहरुले हिजोसम्ममा पेश गरेको संशोधित बन्दसूचीबाट आफ्नो नाम हटाउन चाहने उम्मेदवारले आज आयोगमा निवेदन दिन सक्नेछन्। निवेदनका लागि बिहान १० बजेदेखि १२ बजेसम्मको समय निर्धारण गरिएको छ। आफ्नो नाम सूचीबाट हटाउन चाहने उम्मेदवारको निवेदन परेमा आयोगले आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा सम्बन्धित दललाई जानकारी दिने कार्यतालिका छ। उ