इरानका विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले रुसीहरूका लागि भिसा प्रणाली खारेज गर्न तयार रहेको बताएका छन्। उनले पहिलो चरणको सो प्रस्तावले व्यापार यात्राको लागि भिसा-मुक्त व्यवस्था हुन सक्ने पनि बताएका छन्। यसैबीच इरानका उच्च कूटनीतिज्ञले बिहीबार तेहरानमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन्। ‘भिसाको पूर्ण उदारीकरणको मुद्दामा हामीसँग राम्रो सम्बन्ध छ। हामीले यस विषयमा छलफल गर्याैँ। […]