काठमाण्डाै - देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ ।
आज पानी पर्ने सम्भावना भए पनि हिजो अस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार अहिले वाग्मती प्रदेशको मौसम सामान्यतया सफा छ ।
यो प्रदेशका सबैजसो ठाउँमा घाम चर्किएको छ ।
यस्तै, मधेस प्रदेश र प्रदेश-१ को पूर्वी क्षेत्र बाहेकका ठाउँमा पनि घाम चर्किएको छ । यस्तै, गण्डकी, सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पनि अहिले झरी परेको छैन । त्यहाँको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ ।
आज बेलुका प्रद...