मध्य र पश्चिम तराईमा चर्को घाम र तातो हावाले नागरिक हैरान, अर्को हप्तादेखि पानी पर्ने सम्भावना

काठमाण्डाै - गएको बुधवार नेपाल भित्रिएको मनसुन देशभर फैलन ढिलाइ भएको छ । मनसुन देशभर फैलन ढिलाइ भएसँगै मध्य र पश्चिम तराईमा बढेको गर्मी अझै केही दिन कायमै रहने भएको छ। तराई मधेस क्षेत्रमा अझै दुई/तीन दिन वर्षा गराउने प्रणाली सक्रिय हुने सम्भावना कम भएकाले गर्मी कायमै रहने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् बिनाेद पोखरेलले जानकारी दिनुभयो । मध्य र पश्चिम तराईका नागरिक चर्को घाम र तातो हावाका कारण हैरान भएका छन् । आउँदो मङ्गलवारदेखि पूर्वी र मध्य&nbs...