काठमाण्डाै - मनसुन ‘ब्रेक’ हुँदा देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ । यसले गर्दा देशभर नै गर्मी बढेको छ । आज पनि बिहानै घाम चर्किएको छ।
मौसमविद्का अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिए पनि ठूलो वर्षा र झरी पर्ने सम्भावना छैन।
मनसुनको न्यून चापीय रेखा औसतभन्दा बढी दक्षिण क्षेत्र अर्थात भारततर्फ सरेका कारण मनसुन ब्रेक भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार यस्तो बेला खासै पानी पर्दैन । पानी नपर्दा तापक्रम बढेको छ।
पछिल्लो २४ घण्टामा धनगढ...