महामारीमा थालेको व्यवसाय डुब्यो, ऋण तिर्न फेरि विदेश

७ असोज, पोखरा । मध्यदिनको चर्को घाम थाप्लोमाथि छ । असिनपसिन हुँदै उनी एक सहयोगीसँग धमाधम बाँसको टहरा भत्काइरहेका छन् । स्याङ्जा आँधीखोलाका विक्रम सुवेदीले पोखरा महानगरपालिका–४, मासबारमा च्याउ खेतीका लागि करिब ६ रोपनीमा बनाएको सबै टहरा सकेसम्म चाँडो भत्काइसकेर जग्गा छोड्नुछ । ‘हिजो (बुधबार) पानी परेर काम गर्नै पाइएन, आज यस्तो चर्को घाम लागिरहेको […]

सम्बन्धित सामग्री

‘लघुवित्तको पैसा तिर्न मिटरब्याजमा ऋण लिने स्थिति रोक्नै पर्छ’

अहिले विदेश जान लघुवित्तबाट ऋण लिने, अनि त्यो ऋण तिर्न फेरि मिटरब्याजमा पैसा लिने स्थिति मधेशमा छ । यो समस्या समाधान गर्न नीतिगत तहमा के के गर्न सकिन्छ भन्ने हाम्रो प्रतिवेदनमा उल्लेख गरेका छौं ।

विदेश अध्ययनको लहर

कुनै पनि देशका नागरिक नयाँ शीप सिक्न उच्च शिक्षाका लागि विदेश जानु स्वाभाविक हो । नेपाल पनि यसको अपवाद होइन तर चिन्ताको विषयचाहिँ के हो भने नेपालका शैक्षिक संस्था नै रित्तिने गरी युवा विदेशिन थालेका छन् । नेपालमा पढाइ हुने विषयका लागि पनि विद्यार्थीहरू बाहिर जाँदा एक त नेपालको शिक्षाप्रणालीमाथि प्रश्न उठेको छ, अर्को विदेशी विनिमय सञ्चितिमा पनि असर परेको छ । क्यानडा र अस्ट्रेलिया जाने विद्यार्थीले ती देशको मुद्रा सटहीमा पाउन सकिरहेका छैनन् । यो समस्याको समाधान खोजिनुपर्छ ।  नेपालको शिक्षा महँगो हुनुका साथै स्तरीय नभएको र पढ्दै कमाउँदै शुल्क तिर्न नसक्ने अवस्था भएकाले विद्यार्थीहरू विदेश जान लालायित भएका देखिन्छन् । अर्को त ती देशमा स्थायी बसोवासको अवसर पाउनु पनि प्रमुख आकर्षण हो । नेपालमा स्नातक वा स्नातकोत्तर अध्ययन गर्दा सामान्यतया १५/२० लाख लाग्ने गरेको छ । त्यति पैसामा केही थपथाप गरेर ऋण लिई विदेश अध्ययन गर्न जाँदा अभिभावकले केही वर्षमै छोराछोरीले ऋण तिरिसक्ने आश गर्छन् । धेरै जनाको यस्तै भएको पनि छ । त्यसो हुँदा विदेशको अध्ययन आय आर्जनको माध्यम पनि बनेको छ । अर्को, यहाँ जस्तो विद्यार्थीले नियमित कलेज जानुपर्ने तर अध्ययनविधि चाहिँ पुरानै ढर्राको खासगरी कक्षाको प्रवचनमा मात्र सीमित हुने गरेको छ । नेपालको पाठ्यक्रम पुरानै छ भने स्नातक तह पार गर्न ४ वर्ष लाग्छ । कुनै विद्यार्थीले ४ वर्षको पाठ्यक्रम ३ वर्षमा पूरा गर्छु भन्दा त्यो सुविधा छैन । परीक्षा प्रणाली पनि त्यस्तै खालको छ । त्यसो हुँदा युवा आफ्नो क्षमता विदेशमा किन नदेखाउने भन्दै अध्ययनका लागि बाहिरिने क्रम बढेको छ । यस्तो प्रवृत्तिका कारण मुलुकको विदेशी विनिमय सञ्चितिमा असर परेको छ । सेवा व्यापार पनि घाटामा रहेको मुलुकमा अध्ययनका लागि विदेश जाने विद्यार्थीका कारण यस शीर्षकमा विदेशिने रकम बढिरहेको छ । यो चिन्ताको विषय हो । अझ वैदेशिक रोजगारीमा जानेले त विप्रेषण पठाउँछन्, ती फर्केर नेपाल पनि आउँछन् तर विद्यार्थीहरू भने कमै मात्रै फर्कने गरेका छन् । देशले लगानी गरेको शिक्षित जनशक्ति यसरी बाहिरिएपछि मुलुकको लगानी खेर गइरहेको छ । त्यसैले विदेश जाने प्रवृत्ति कम गर्न स्वदेशमै उच्च शिक्षा स्तरीय बन्नु आवश्यक छ । तर, विश्वविद्यालयहरू दलीय भागबन्डाको शिकार बनेकाले सुधारको सम्भावना निकै कम छ ।  विदेश जाने प्रवृत्ति कम गर्न स्वदेशमै उच्च शिक्षा स्तरीय बन्नु आवश्यक छ । तर, विश्वविद्यालयहरू दलीय भागबन्डाको शिकार बनेकाले सुधारको सम्भावना निकै कम छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले सम्बद्ध देशकै मुद्रा खोज्दा पाउन कठिन हुनु स्वाभाविकै हो । अमेरिकी डलरमा विदेशी मुद्रा उपलब्ध गराउँदा सटहीमा बढी खर्च लाग्छ । त्यसैले देशको विदेशी मुद्राको भण्डारमा ती देशका मुद्रा पनि हुनु उपयुक्त हुन्छ । तर, सँगसँगै के पनि बिर्सनु हुँदैन भने अध्ययनको नाममा नेपालको पैसा विदेशिइरहेको छ । अस्ट्रेलियाको घरजग्गा कारोबारमा नेपालीहरूको स्थान माथि रहेको त्यहाँको तथ्यांकले देखाएको छ । यसको अर्थ नेपालबाट पैसा पलायन भइरहेको छ भन्ने देखिन्छ । त्यस्तै अमेरिका, क्यानडामा पनि यसरी नै पैसा गइरहेको देखिन्छ जुन अध्ययनका लागि नभएर त्यहाँको घरजग्गा आदिमा लगानी भएको छ । खासगरी उताका नेपालीले नेपालमा पैसा नपठाउने र नेपालमा रहेका आफन्तलाई नेपालमै पैसा दिई हिसाबमिलान गरेर पैसा पलायन भइरहेको छ । यसलाई रोक्न आवश्यक छ । अध्ययनमा जान विद्यार्थीलाई रोक्न सकिँदैन र रोक्न पनि मिल्दैन । आफूले चाहेको विषय उनीहरूले अध्ययन गर्न पाउनुपर्छ । तर, ती विद्यार्थीलाई नेपालमा आएर काम गर्ने वातावरण बनाउनु चाहिँ सरकारको काम हो । विधिको शासन स्थापना नभइन्जेल युवा प्रतिभालाई स्वदेशमा रोक्न सकिँदैन । त्यसैले मुलुकमा विधिको शासन बलियो बनाउनेतिर लाग्नुपर्छ । त्यसो भयो भने विदेशिएका नेपाली पनि नेपाल फर्कन्छन् । जसरी भारत र चीनको विकासमा यसरी फर्केका नागरिकको भूमिका छ नेपालमा पनि त्यस्तो अवस्था आउन सक्छ ।

मिटर ब्याजको पासो : ६ लाख ऋण लिएर २२ लाख तिर्दा पनि अझै २९ लाख बाँकी !

काठमाडौं : विसं. २०७० सालमा  नवलपरासीका सफरल्लाह मियाँले छोरीको बिहेका लागि जगदीश बानियाँसँग ६ लाख रुपैयाँ ऋण काढे। ऋण लिएर छोरीको धुमधाम बिहे गरे।कामका लागि विदेश गएर फर्किएका उनको विदेशमा पनि खास कमाइ हुन सकेन। आफ्नो नाममा भएको घरसहित १८ कठ्ठा जमिन साहुलाई बुझाएर उनले ऋण लिएका थिए।साहु निस्किए ‘गरिब चुसाहा’। जो गरिबको पसिना चुस्न माहिर थिए। उसैको फन्दामा परे मियाँ। ती साहुलाई ऋण तिर्न मियाँ आफूले खुबै पसिना बगाए। ऋण लिएको ६ लाख तर ८ वर्षसम्म पटक पटक गरी उनले साहुलाई

कोही किन भोट हाल्न जाओस् ?

विदेश बसेर कमाएको पैसा परिवारको खर्च चलाउनै ठिक्क भयो । यादव सुनाउँछन्, ‘पाँच जनाको परिवार पाल्नुपर्छ । विदेश बसेको पैसा त त्यसैमा सकियो । अझ छोरीको विवाह गर्दा ऋण लाग्यो । त्यही ऋण तिर्न यो बुढेसकालमा काम गर्नु पर्‍या छ ।’

श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा

चैत २९, कोलम्बो (श्रीलंका) । आर्थिक संकटमा चुर्लुम्म डुबेको श्रीलंकाले बाह्य कर्जा भुक्तानी रोक्का गरेको छ । अत्यावश्यक वस्तु आयातका लागि आवश्यक डलर रित्तिदै गइरहेको अवस्थामा त्यहाँको सरकारले मंगलवार ५१ अर्ब डलर बराबरको सबै बाह्य ऋण तिर्न नसकिने भएको घोषणा गरेको हो । यो नै श्रीलंका सामु अन्तिम उपाय बचेको समेत सरकारले बताएको छ । श्रीलंका अहिले स्वतन्त्र भएयताकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यहाँका अहिले चरम ऊर्जा संकट भने खाद्यान्न र इन्धनको अभाव पनि अकल्पनीय  छ । विदेशी सरकारसमेतका कर्जादाताहरुले मंगलवार दिउँसोदेखि बक्यौता बसेको कर्जामा ब्याज लगाउन सक्ने या श्रीलंकाली रुपीमा कर्जा फिर्ता लैजान सक्ने विदेश मन्त्रालयले एक विज्ञप्तिमा बताएको छ । पछिल्लो समय श्रीलंकको आर्थिक अवस्था दिन प्रतिदिन खस्किँदै गइरहेको छ । देशको वित्तीय अवस्था खस्किन नदिन सरकारले अन्तिम उपायका रुपमा यो आकस्मिक उपाय अपनाएको पनि विज्ञप्तिमा भनिएको छ । श्रीलंकाले यही महीनाको अन्त्यमा बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) वित्तीय उद्धार कार्यक्रमका लागि वार्ता गर्दैछ । उक्त वार्ता अघि सबै कर्जादाताहरुलाई समान र निष्पक्ष व्यवहार गर्नका लागि कर्जा नतिरिने घोषणा गरिएको हो । एजेन्सी

देशमा कमाएर ऋण तिर्न नसकेपछि श्रीमानलाई विदेश पठाउन पर्‍याे

आरती साह/धनुषा । मेरो विवाह १७ वर्षकै उमेरमा भयो । मैले एक परदेशीसँग बिहेको हुँ । आज पनि मेरो श्रीमान् वैदेशिक रोजगारीमै हुनुहुन्छ । तर बिहे हुँदाको समय र अहिलेको समय अलिक फरक छ । त्यो बेला श्रीमान् साउदीमा हुनुहुन्थ्यो । अहिले कतारमा हुनुहुन्छ । म पनि अहिले त आफ्नो हातमा भएको सानोतिनो भए पनि सीपको प्रयोग गरेर व्यवसाय गरिरहेको छु ।  बिहे हुँदा म ९ कक्षामा पढ्दै थिएँ । एसएलसी दिँदा त छोरी जन्मिइन् । त्यसपछि मेरो पढाइ रोकियो । श्रीमान् पनि साउदीबाट फर्किएर यतै काम गर्न थाल्नुभयो । तर सोचेजस्तो नहुने रहेछ...

विदेश पठाइदिने नाममा रकम ठगी गरेको भन्दै पीडितहरू घर खोज्दै विराटनगरमा

विराटनगर-१२ का विजयकुमार यादवले वैदेशिक रोजगारीमा पठाई दिने भन्दै पासपोर्ट र पैसा लिएर फरार भएको भन्दै सिराहाको मिर्चैयाबाट पीडितहरू विराटनगर आएका छन् ।  १९२ जनाबाट नगद, पासपोर्ट तथा जिन्सी लिएर फरार भएको भन्दै उनीहरू विराटनगरमा आएका हुन् । उनले १५ हजारदेखि ८ लाख भन्दा बढी पैसा असुलेको आरोप लगाइएको छ ।  कुवेत, क्यानडालगायतका मुलुकमा पठाइदिने भनेर पैसा असुली दुई महिनादेखि यादव फरार रहेको पीडितहरूको गुनासो छ ।  ऋण खोजेर पैसा बुझाएकाले अहिले ऋण तिर्न समस्या भएको पीडितहरूले बताउँदै आएक...

च्याउ खेतीबाट मनग्य कमाइ गर्दै छथर जोरपाटीका चुइन्द्र

धनकुटा : धनकुटाको छथर जोरपाटी गाँउपालिका–६ का चुईन्द्र बस्नेत रोजगारीका लागि मलेसिया र कतारलगायत देशमा भौतारिँदै पुगे। तर, ती देश जाँदा काम गर्न नसकेपछि उनी दुईवटै देशमा ६ महिनाभन्दा बढी बस्न सकेनन्। मलेसियामा पुग्नेबित्तिकै बिरामी काम गर्न नसकेर फर्केको त्यसपछि कतार गएको ६ महिनामा फर्कनु परेको उनी बताउँछन्।बस्नेतले विदेश जाँदा लागेको खर्च समेत विदेशमा कमाएर तिर्न सकेनन्। विदेशमा ६ महिना काम गर्दा २० हजार पनि कमाउन नसकेको बस्नेत बताउँछन्। बस्नेतले विदेश जाँदा लागेको ऋण नेपालमै कमाएर तिरेको