काठमाण्डौमा हावाहुरी र पानीले तुवाँलो हट्यो, बिहानैदेखि चर्को घाम

काठमाण्डाै - तुवाँलो हटेसँगै काठमाण्डौ उपत्यकाको मौसम सफा भएको छ । हिजो बिहानको हावाहुरी र अस्ति परेको पानीका कारण धुवाँधुलो र तुवाँलो हटेर गएको छ । तुवाँलो हटेपछि वरपरका डाँडाबाट काठमाण्डौ उपत्यका सफा देखिएको छ । तुवाँलो र बादल नभएपछि बिहानैदेखि घाम चर्किएको छ । मौसमविद् हिरा भट्टराईका अनुसार काठमाण्डौ उपत्यकामा बादल बन्ने प्रणाली विकसित नभएकाले पनि मौसम खुलेको हो । काठमाण्डौ उपत्यकामा आज पानी पर्ने सम्भावना नरहेको पनि मौसमविद् भट्टराईले बताउनुभयो । गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५...

सम्बन्धित सामग्री

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार मौसम बदली भइ पानी पार्ने र हावाहुरी चल्ने प्रणाली तत्काललाई सक्रिय छैन । देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । प्रि-मनसुनको समय भएकाले बेलुकीपख केही ठाउँमा बादल लागेर फाट्टफुट्ट पानी भने पर्न सक्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । प्रि-मनसुन कमजोर भएको र मनसुनी गतिविधि पनि सुरु...

बुवाको स्मृतिमा विद्यालयलाई ४ कोठे पक्की भवन हस्तान्तरण

बझाङ – बुवाको स्मृतिमा बझाङका साजेनकुमार मल्लले विद्यालयको लागि भवन निर्माण गरि हस्तान्तरण गर्नुभएको छ ।  भौतिक अवस्था कमजोर भएका कारण केदार स्युँ गाँउपालिकामा रहेको शिक्षोदय माविका प्रा.वि. तहका छात्र छात्राहरु खुल्ला चौरमा पढ्न बाध्य थिए । चर्को घाम र पानी तथा हावाहुरी लागेको समयमा पनि  २।३ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा जम्मा गरेर पठन पाठन गर्नु पर्ने बाध्यता थियो । लामो समय सम्म विद्यालय भवनको माग गर्दै स्थानीय सरकार, प्रदेश सरकार देखि संघीय सरकार सम्म माग राखे पनि सुनुवाइ भएको थिए...

क्‍वारेन्टाइनमा बसेका भन्छन् : हुरी र असिनाको डरले निदाउन दिँदैन

बारा :  वैशाख पहिलो साताबाट गर्मी बढेको छ।  दिउँसो चर्को घाम छ। शुक्रबारदेखि साँझ हावाहुरी र असिना पर्‍यो। त्यसयता प्रत्येक साँझ हुरी आइरहेको छ।  विद्यालयको जस्तापाताको छानो भएको ट्रष्ट भवनभित्र दिउँसो जस्ता तातेर बसिनसक्नु हुन्छ। कोठामा पंखा पनि छैन। हुरी चलेपछि सत्तो उठ्छ, त्यसमाथि आकाशबाट...