गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दिपक तिमिल्सिना निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार ललिता अधिकारी निर्वाचित भएकी छन् ।

सम्बन्धित सामग्री

बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका मनोज प्रसाईं विजयी भएका छन् । उनले ११ हजार चार सय तीन  मत प्राप्त गरे । उनकी निकटतम प्रतिद्धन्दी...

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८...

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो । बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी हुनुभएको हो । अध्यक्षमा एमालेका अध्यक्ष मेघनाथ पौडेलले ३२६७ मत ल्याउनु भएको थियो भने उपाध्यक्षमा सबिता श्रेष्ठले ३८८९ मत ल्याउनुभएको थियो । माओवादीका अध्यक्ष बिर्खबहादुर […]

रोल्पाको होलेरीमा कांग्रेस विजयी

रोल्पाको होलेरीमा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। अध्यक्षमा कांग्रेसका जनक बुढाले ४ हजार ३ सय ९१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी माओवादीका गोबिन्द पुनले ३ हजार ७ सय ८ मत ल्याए।...

राजपुर गाउँपालिकामा कांग्रेस विजयी

दाङ : जिल्लाका १० स्थानीय तहमध्ये २ वटाको नतिजा आएको छ। यसअघि बंगलाचुली गाउँपालिकाको नतिजा आएको थियो।राजपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको प्रदेश निर्वाचन  कार्यालयले जनाएको छ। अध्यक्षमा शरद बुढाथोकी ८१३ मतान्तरले माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार चक्रबहादुर खड्कालाई पछि पार्दै विजयी भएका हुन्। बुढाथोकीले ३ हजार ९८० मत प्राप्त गरेका थिए।माओवादीका खड्काले ३ हजार १६७ र नेकपा एमालेका अध्यक्षका उम्मेदवार कुलराज गिरीले २ हजार ९२२ मत प्राप्त गरेका थिए। उपाध्यक्ष पदमा कांग्र

जुम्ला कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष कांग्रेसका उम्मेदवार दामोदर आचार्य अध्यक्षमा र उपाध्यक्षमा पनि कांग्रेसकै प्रेमकली बुढा विजयी हुनु भएको हो ।  अध्यक्ष आचार्यले २ हजार ८ सय ६  मत प्राप्त  गर्नु भएको छ भने उपाध्यक्ष बुढाले २ हजार ३ सय ८० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  नेकपा माओवादीका धनबहादुर रावत २ हजार ५ सय ६२ र उपाध्यक्ष रिता खत्रीले १ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ ।  कनकासुन्दरीमा २०७४ सालमा पनि कांगे्रसक...

डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी

डोटी– डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका गणेशबहादुर खड्का ३ हजार ७७३ मतसहित अध्यक्षमा निर्वाचित हुनुभयो । नेकपा एमालेका डम्मरबहादुर ओली ३ हजार ३७७ मतसहित पराजित हुनुभयो । उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ । ३ हजार ६७४ मतसहित कांग्रेसकी लक्ष्मी धामी उपाध्यक्षमा विजयी हुनुभयो । एमालेकी जानकी शाहीले ३ हजार ३८९ मत ल्याउनुभयो ।

दैलेखको भैरवी गाउँपालिकामा कांग्रेस विजयी

दैलेख - दैलेखको भैरवी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा रीता शाही १६ मतले विजयी हुनुभएको हो । रीता शाहीले ३ हजार ९७६ मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकै देवि भण्डारी ३ हजार ३७४ मत ल्याएर विजयी हुनुभएकाे छ। एमालेकी  पदमकुमार विष्टले ३ हजार २२७ मत पाउनुभएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस विजयी

काठमाण्डाै - कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी हुनुभएको हो । अध्यक्षमा मिनबहादुरले ७ हजार ९९ मत र एमालेका विक्रम गुरुङले ६ हजार ६१७ मत पाउनुभयो । उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारीले ६ हजार ३७६ मतसहित विजयी हुनुभयो । एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत पाउनुभएको छ ।

सोलुखुम्बुको सोताङ गाउँपालिकामा कांग्रेस विजयी

साेलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो । अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित हुनुभयो । एमालेका प्रकाश कार्कीले १५२० र माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी अञ्जु नाछिरिङ राई १६६९ मत ल्याउर विजयी हुनुभयो। एमालेकी मनसरि राईले १६३४ र माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत पाउनुभएको छ ।