काठमाडौं । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो ११.१५ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफल र पारित गर्न […]
एजेन्सी - इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । सोमवार बिहान सम्पन्न खेलमा इन्टरले एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे ।
कर्णाली– कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव दिएको छ । समितिका संयोजक प्रा. डा. कोइरालाले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सकिने प्रतिवेदन बुझाएका हुन् । प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालको संस्थागत एवं संरचनात्मक सुधारका […]