कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस विजयी

काठमाण्डाै - कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी हुनुभएको हो । अध्यक्षमा मिनबहादुरले ७ हजार ९९ मत र एमालेका विक्रम गुरुङले ६ हजार ६१७ मत पाउनुभयो । उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारीले ६ हजार ३७६ मतसहित विजयी हुनुभयो । एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत पाउनुभएको छ ।