२८ माघ, काठमाडौं । हङकङको एक अदालतले प्रजातन्त्रवादी अभियानकर्मी तथा बेलायती नागरिक जिम्मी लाईलाई २० वर्षको जेल सजाय सुनाएको छ ।
हङकङको अदालतको यो फैसलाको बेलायतले यसको कडा निन्दा गरेको छ।
बेलायतकी विदेश सचिव इभेट कूपरले ७८ …
ढाका। बङ्गलादेशले सन् २०२४ को जनविद्रोहपछि पहिलो संसदीय निर्वाचनसँगै व्यापक लोकतान्त्रिक सुधारसम्बन्धी ऐतिहासिक जनमतसङ्ग्रहमा बिहीबार मतदान हुन गइरहेको छ। उक्त विद्रोहले शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य गरेको थियो। मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले प्रस्तुत गरेको सुधार प्रस्तावलाई ‘जुलाई चार्टर’ नाम दिइएको छ। ८५ वर्ष पुगेका नोबेल शान्ति पुरस्कार विजेता युनुसले यो चार्टर […]
एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले करसम्बन्धी विवरण आन्तरिक राजश्व विभागको प्रणालीसँग आबद्ध गर्न प्यान अनिवार्य भएको जनाएको छ। बैंकका अनुसार खाताबाट कट्टी गरिएको ब्याजकर “आयकर ऐन, २०५८” बमोजिम आन्तरिक राजश्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था रहेको […]
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई स्पष्टीकरण सोधेको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ। आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई […]
टोरन्टो। पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। घटनामा सात जना माध्यमिक विद्यालयमा गोली हानेर मारिएका छन्। घटना रकी पर्वतमालाको फेदीमा अवस्थित सुरम्य पहाडी उपत्यका सहर ब्रिटिस कोलम्बियाको टम्बलर रिजमा भएको हो। रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसिएमपी) ले जारी गरेको विज्ञप्तिअनुसार कुल २७ जना घाइते भएका छन्। तीमध्ये […]