डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी

डोटी– डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका गणेशबहादुर खड्का ३ हजार ७७३ मतसहित अध्यक्षमा निर्वाचित हुनुभयो । नेकपा एमालेका डम्मरबहादुर ओली ३ हजार ३७७ मतसहित पराजित हुनुभयो । उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ । ३ हजार ६७४ मतसहित कांग्रेसकी लक्ष्मी धामी उपाध्यक्षमा विजयी हुनुभयो । एमालेकी जानकी शाहीले ३ हजार ३८९ मत ल्याउनुभयो ।       

सम्बन्धित सामग्री

उपनिर्वाचन सुदूरपश्चिम : पाँच वडामा नेकपा, दुईमा कांग्रेस विजयी

बैतडी : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका स्थानीय तहका सात वडामा रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन सम्पन्न भएको छ।  मतपरिणाममा सात वडामध्ये पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ।  बैतडीको पुर्चौडी नगरपालिका–४, डोटीको आदर्श गाउँपालिका–२, अछामको मेल्ल...