साेलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो । अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित हुनुभयो । एमालेका प्रकाश कार्कीले १५२० र माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाउनुभएको छ ।
उपाध्यक्षमा कांग्रेसकी अञ्जु नाछिरिङ राई १६६९ मत ल्याउर विजयी हुनुभयो। एमालेकी मनसरि राईले १६३४ र माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत पाउनुभएको छ ।